पयाङगू समाजले पनि विरोधसभामा सहभागिता जनायो



ललितपुरमा कोशी प्रदेशको नाम खारेज गर्न मागसहित भएको प्रदर्शनमा पयाङगू समाज नेपालले पनि सहभागिता जनाएको छ

आइतबार दिउँसो किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसरमा ललितपुरको जावलाखेलदेखि ढोलाहितिस्थित चुम्लुङ् हिमसम्म प्रदर्शन र्‍याली निकालिएको हो।उनीहरूले कोशी प्रदेशको नाम खारेज गरी ऐतिहासिक पहिचानको आधारमा नाम राख्नुपर्ने माग गरेका थिए।

लिम्बुवानरकिरात कायम गर भन्ने मूल नाराका साथ र्‍याली निकालिएको थियो। यस सन्दर्भमा उनीहरूले कला प्रदर्शनी समेत आयोजना गरेका छन्।गत फागुन १७ गते कोशी प्रदेशको नामकरण भएको थियो। दुई तिहाइ बढी मतले उक्त नाम पारित गरेको थियो। तर त्यसयता कोशी प्रदेशको नामको विरोध लगातार भइरहेको छ । यो अभियानलाई सशक्त रुपमा अगाडि बढाउन आन्दोलनलाई निष्कर्षमा पुयाउनका लागि लिम्बूजन्य थरीहरुको सशक्क्त भूमिका रहँदै आएको छ । लिम्बू थरिमध्ये पयाङगू पनि एक थरगत समूहभित्र पर्दछ । उक्त थरीका अगुवा भक्त पयाङगुले आन्दोलनलाई उचाइ र निष्कर्षमा पुयाउन आफू र आफ्नो थरगत समुदायले सशक्क्त सहभागी मात्र होइन् जस्तोसुकै मूल्य चुकाउन पनि तत्पर रहको बताए ।

प्रतिक्रिया दिनुहोस्