लाहुरे, ब्यापारीहुँदै सामाज सेवामा वीरदल नेम्बाङ
यमुना सुुब्बा
सुदूर पूर्वको पाँचथर जिल्लामा जन्मनु भएका वीरदल नेम्बाङको पछिल्लो पहिचान भनेको भाषा, संस्कृति र जातीय पहिचानको संरक्षण गर्नु हो ।
जसका लागि उहाँ पछिल्लो पिँढीलाई लिएर साथसाथ हिंडिरहनु भएको छ ।पूर्वको पाँचथरकै रानीटारको तमाखे पुख्र्यौली थलोबाट बसाई सरेर पौवासार्ताप पुगेको उहाँको परिवार अहिले फैंलदै पूर्वका प्राय सबै जिल्ला, राजधानी उपत्यकासम्म फैलिसकेका छन् । नेम्बाङ परिवारका चार हाँगामध्ये उहाँ याङदेम्बा परिवारभित्र पर्नुहुन्छ । यो याङदेम्बा परिवारको संख्या देशमा करिव ३५ हजार रहेको उहाँले जानकारी दिनु भयो ।
२०१३ साल जेठ ९ गते जन्मनु भएका वीरदल आमा देसमाया र बुबा जगत बहादुरका ६ मध्ये कान्छो छोरा हुनुहुन्छ । २०२७ मा बेलायतको लाहुरेमा भर्ना भएर हङकङमा खटिनु भएका उहाँले १३ वर्ष ५ महिना लाहुरे भएर बिताउनु भयो । पेन्सन पाकेपछि लाहुरेबाट विदा भएर नेपाल फर्कनु भयो ।नेपाल फर्केपछि सुनसरीको धरानमा कोठा लिएर बस्दा चिनजान भएका साथीहरुको आग्रहमा व्यापारतिर मोडिनु भयो । अनि, सुरु भयो उहाँको ब्यापारिक जीवन । बिदेशबाट नेपाल आएका सामान उहाँले भारत पठाउन थाल्नु भयो । झापाको धुलाबारीमा सामान लिएर जाने र त्यहाँबाट गाडी चढेर काठमाडौं ल्याउँदै बिक्री गर्न थाल्नु भयो । करिव एक वर्ष सुन, घडी, वासिङ मेसिनसमेतका सामान बेच्नु भयो ।
“थेवा माङ्हिम ( लिम्बू याक्थुङ जातिको अत्यन्तै पुज्य देउता थेवाको मन्दिर) बनाउने योजना छ । उहाँहरुको पुख्र्यौली थलो तमाखेमा यस्तो मन्दिर बनिसकेको छ । अब अन्य ठाउँ पनि बनाउने योजना रहेको सुनाउनु हुन्छ । जसका लागि झापामा उहाँ निः शुल्क जग्गा उपलब्ध गराइसक्नु भएको छ ।”
त्यसपछि नेपालबाट भारत सुन बिक्री गर्न थाल्नु भयो । यसो गर्दा दैनिक ३५ हजार रुपैयाँसम्म कमाउने गरेको उहाँ सम्झनु हुन्छ । त्यसपछि जापान जाने साथीको सल्लाहअनुसार जापान गएर साढे एक वर्ष बस्नु भयो र नेपाल फर्कनु भयो ।

ललितपुरमा जग्गा प्लटिङको काम गर्दै मेन्छेयाम प्रोपर्टी डिलर्स र मेन्छेयाम सहकारी खोलेर काम पनि गर्नु भयो । काठमाडौं र झापामा जग्गा खरिद गर्दै प्लानिङ गर्दै केही रकम कमाउनु भयो । यसैबीचमा नेम्बाङ कल्याण समाज स्थापना गरेको उहाँको भनाइ छ । यो समाजमा केही समयपछि विवाद भयो र समाज निस्कृय नै रह्यो । अहिले याक्थुङ नेम्बाङ समाज स्थापना गरेर यो समाजले बंशावली पनि निकाल्न सफल भएको छ । समाजको उहाँ सल्लाहकार रहनु भएको छ ।
छोरा विशोक र दुई छोरीलाई स्नाकोत्तरसम्मको अध्ययन गराउनु भएको छ । अहिले छोरा अमेरिका र छोरीहरु बेलायत बसेर काम गर्दै आएका छन् । छोराछोरीलाई राम्रो पठनपाठन गराएका कारण छोरा अमेरिकाको एक बैंकमा कार्यरत छन् भने एमबिए उतीर्ण छोरीहरु पनि आत्मनिर्भर भइसकेको उहाँले सुनाउनु भयो ।अब उहाँको ईच्छा भनेको थेवा माङ्हिम ( याक्थुङका देवताको मन्दिर) बनाउने योजना छ । उहाँहरुको पुख्र्यौली थलो तमाखेमा यस्तो मन्दिर बनिसकेको छ । अब योजना रहेको सुनाउनु हुन्छ । जसका लागि झापामा उहाँ निः शुल्क जग्गा उपलब्ध गराइसक्नु भएको छ ।
’छोराछोरीले बोलाउँछन्, मलाई कतै जाने मन छैन, अमेरिका चार पटक पुगें । धेरै देश घुँमे । अब नेपालमै बस्ने भनेर भन्दै आएको छु । अब कतै जान्न ।– उहाँले भन्नु भयो । आफ्नो जाति, धर्म र थेवा माङ्हिमको विषयमा छलफल, अध्ययन, बहस गर्दै आफ्नो भाषा, संस्कृति जोगाउँदै आउने पुस्तालाई ज्ञान हस्तान्तरण गर्ने अभियानमा सक्रिय रहने उहाँको योजना रहेको बताउनु हुन्छ ।

