अमेरिका सम्भावनाको भूमि हो, तर योजनाविनाको गन्तव्य होइन : नन्दी ढकाल



 

अमेरिकाको उद्यमशीलता ‘इकोसिस्टम’ले पनि मलाई लोभ्याएको हो। नवप्रवर्तन                                                                                                                       (स्टार्टअप)लाई प्रोत्साहन गर्ने उ द्यमशीलतामैत्री कानुनलगायतका कारण पनि    यहाँको वातावरणसँग नेपालीहरू लोभिन्छन्। लघु व्यवसाय सहायता (एसबीए)   मार्फत प्रारम्भिक चरणमै काठको तरबार बोकेर पनि ठूला बजारमा पस्न सकिने    अवसर छ। पारदर्शी कानुनी संरचना छ। श्रमको सम्मान छ। रोजगारीका लागिसमान अवसर छ। मेहनत गर्ने व्यक्तिलाई उपलब्धिमा रूपान्तरण गर्ने वातावरण         छ। व्यवसाय सञ्चालन गर्दा कर अनुपालन, दायित्व संरक्षण र बौद्धिक सम्प  संरक्षण (टेन्ट, ट्रेडमार्क)जस्ता उपकरण सुलभ छन्।

पाँचथरको फिदिममा जन्मिनु भएका नन्दी ढकालले पाँचथर क्याम्पसबाट आईकम  (प्रवीणता प्रमाणपत्र तह) र मेची क्याम्पस, भद्रपुरबाट वाणिज्यमा स्नातक तथा     स्नातकोत्तर पूरा गर्नु भयो । यसपछि थप उच्च शिक्षा र अवसरको खोजीका लागि उहाँ अमेरिका पुग्नु भयो । अमेरिकाको डेब्री युनिभर्सिटीबाट लेखा तथा वित्त विषयमा  स्नातकोत्तर करसम्बन्धी व्यवसाय थाल्नु भयो । अमेरिका यात्रा, त्यहाँको रहनसहन,  अमेरिकामा नेपालीहरूको अवस्था लगायतका विषयमा नन्दी ढकालसँग गरेको  कुराकानीको सम्पादित अंशः

अमेरिका कसरी जानु भयो र?

म सन् १९७६ को जनवरी महिनामा नेपालको पूर्वी पहाडी जिल्ला पाँचथरको फिदिममा जन्मिएको हुँ। मेरो प्रारम्भिक शिक्षा त्यहीँ फिदिम माध्यमिक विद्यालयबाट भयो र त्यसपछि वाणिज्य संकायमा स्नातक तथा स्नातकोत्तर तह पूरा गरेँ। उच्च शिक्षाको खोजीमा अमेरिका आएको हुँ। यहाँ आएर मैले डेब्री युनिभर्सिटीबाट लेखा तथा वित्त विषयमा स्नातकोत्तर ९एमएस० डिग्री हासिल गरेँ। अहिले यतै करसम्बन्धी व्यवसाय गरिरहेको छु।

 

–अमेरिका नै जानुपर्ने कारण चाहिँ के हो, अन्य देश पनि जान सकिन्थ्यो नि ?

साँघुरो भूगोलबाट विश्व बजारमा उफ्रिने आकांक्षा सानैदेखि थियो। फिदिमको एउटा सानो कक्षाबाट न्यूयोर्कको वाल स्ट्रिट र सिलिकन भ्यालीका सफलता कथा सुनेदेखि नै मनमा ’म पनि यहीँ पुग्छु’ भन्ने सपना गढ्यो। त्यही सपनालाई मूर्त रूप दिनका लागि म अमेरिका आइपुगेको हुँ। अमेरिका रोज्नुको पहिलो कारण आर्थिक र वित्तीय केन्द्रीयता हो। अमेरिका विश्वको सबैभन्दा ठूलो पूँजीबजार भएका कारणले सस्तो पूँजी, वैकल्पिक वित्त जस्तै, भेन्चर क्यापिटल, एन्जल फन्ड तथा साना व्यवसायलाई सहायता ९एसबीए० पाउन सहज छ।अमेरिकाका नियामक निकाय सबल छन्। कर तथा लेखापरीक्षण पेशामा विश्वस्तरको करियर निर्माण सम्भव छ। मैले पनि यही परिवेशका कारण सीपीए (सर्टिफाइड पब्लिक एकाउन्टेन्ट) र ईए अर्थात् इनरोल्ड एजेन्टको प्रमाणपत्र लिन सकेँ। यसको मान्यता विश्वव्यापी कर प्रणालीमा छ।

अमेरिकाको उद्यमशीलता ‘इकोसिस्टम’ले पनि मलाई लोभ्याएको हो। नवप्रवर्तन (स्टार्टअप)लाई प्रोत्साहन गर्ने उद्यमशीलतामैत्री कानुनलगायतका कारण पनि यहाँको वातावरणसँग नेपालीहरू लोभिन्छन्। लघु व्यवसाय सहायता (एसबीए) मार्फत प्रारम्भिक चरणमै काठको तरबार बोकेर पनि ठूला बजारमा पस्न सकिने अवसर छ। पारदर्शी कानुनी संरचना छ। श्रमको सम्मान छ। रोजगारीका लागि समान अवसर छ। मेहनत गर्ने व्यक्तिलाई उपलब्धिमा रूपान्तरण गर्ने वातावरण छ। व्यवसाय सञ्चालन गर्दा कर अनुपालन, दायित्व संरक्षण र बौद्धिक सम्पत्ति संरक्षण (प्याटेन्ट, ट्रेडमार्क)जस्ता उपकरण सुलभ छन्।

यस्तै विश्वव्यापी नेटवर्क र सीप आदानप्रदानका लागि सहज वातावरण छ। एउटै क्याम्पस वा कन्फरेन्समा ७ हजारभन्दा बढी स्टार्ट–अप, र कम्पनीका सीएफण र विभिन्न देशरभाषाका प्रतिभासँग भेट हुन सक्छ। यसरी बनेको बहुसांस्कृतिक नेटवर्कका कारण पनि मैले प्रवासी नेपाली र अन्य आप्रवासी उद्यमीलाई कर र वित्तीय परामर्श दिने म्याक्स ट्याक्स कम्पनी खडा गर्न सकेँ। स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, सार्वजनिक विद्यालयको गुणस्तरलगायतले मलाई अमेरिकाप्रति मोह पलाएको थियो।

 अमेरिकामा कसरी जीवन बिताइरहनु भएको छ र?

मैले यहाँ म्याक्स ट्याक्स नामक कर तथा वित्तीय परामर्श कम्पनी स्थापना गरेको कुरा माथि भनिसकेँ। कम्पनीले अहिले प्रवासी नेपाली र अन्य आप्रवासीका लागि कर तथा वित्तीय सेवाहरू दिँदै आएको छ। यस कम्पनीमार्फत मैले केही नेपाली र आप्रवासीहरूलाई रोजगारी समेत दिइरहेको छु। हाम्रो उद्देश्य अर्को दशकमा कम्तीमा १०० भन्दा बढी आप्रवासीलाई प्रत्यक्ष रोजगारी दिने र नेपाल अमेरिका इम्प्याक्ट फन्डमार्फत नेपालका स्टार्टअपहरूमा बीउ पूँजी लगानी गर्ने छ।

 

परिवार चलाउन समस्या छैन नि र?

शुरुका दिनमा चुनौती त थिए। तर अमेरिकामा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, र शिक्षा प्रणाली निकै सुदृढ भएकाले अहिले परिवार चलाउन गाह्रो छैन। आर्थिक सन्तुलनपूर्ण जीवन बिताइरहेको छु।

 

अमेरिकामा रहेका नेपालीको समग्र अवस्था कस्तो छ र?

नेपालीहरूको अवस्था मिश्रित छ। धेरैले राम्रो पढाइ, व्यवसाय र रोजगारीका अवसर पाएका छन्। तर कागजात नभएका नेपालीहरूले कानुनी प्रक्रिया र रोजगारीमा निकै समस्या भोगिरहेका छन्।

 

– अमेरिका जान चाहनेलाई के सुझाव दिनुहुन्छ र?

अमेरिका जान तथ्य, योजना र अनुशासनको संयोजन जरुरी छ। कागजात र वैधानिक हैसियत सुनिश्चित गर्नुपर्छ। सीप विकास र भाषा दक्षता अनिवार्य छ। अमेरिकाको कर अनुपालन, दायित्व संरक्षणलगायतका कुरा बुझेर मात्र व्यापाररपेसा सुरु गर्नुपर्छ। सामुदायिक संलग्नता ९अयmmगलष्तथ लभतधयचपष्लन० पनि यहाँ सफलताका लागि महत्त्वपूर्ण पक्ष हो।

– पछिल्लो ट्रम्प नीतिका कारण त्यहाँ रहेका नेपालीलाई कस्तो असर पार्ला ?

ट्रम्प प्रशासनको नीतिले आप्रवासीहरूका लागि चुनौतीहरू ल्याएको थियो। अस्थायी बसोबासका लागि अनुमति ९टीपीएस० पाएका वा कागजात नभएका नेपालीहरू झनै जोखिममा परेका छन्। यस्तो नीतिले कागजात नभएका नेपालीहरूलाई देश निष्काशन गर्ने सम्भावना पनि छ।

 

– एक वर्षमै करिब २ सय नेपाली अमेरिकाबाट नेपाल पठाइएका (डिपोर्ट भएका छन्, यो क्रम जारी नै छ। कागजात नभएका नेपाली कति होलान् र?

यसको यकिन तथ्याङ्क त छैन। तर सयौँ नेपाली कागजातबिना पनि अमेरिकामा बसिरहेका छन्। अमेरिकी आप्रवसान नीति कडा भएपछि यिनीहरूको अवस्था झनै जटिल बन्छ।

 

– नेपालमा पनि केही गर्ने सोच बनाउनु भएको छ कि ?

मैले नेपालका केही युवाहरूलाई आर्थिक र प्राविधिक सल्लाह दिएको छु। अबको योजना नेपाल–अमेरिका इम्प्याक्ट फन्डमार्फत नेपालका स्टार्टअपमा लगानी गर्ने र उद्यमशीलता तथा प्राज्ञिक सेतु निर्माणका लागि काम गर्ने सोच छ।

प्रतिक्रिया दिनुहोस्