दक्षिण कोरियाबाट जलबायु परिवर्तन न्युनिकरणको नयाँ अभियान
विश्व जलबायु परिवर्तनको चपेटामा परिरहेको बेला सिके रिसर्च एण्ड ग्रिनरी प्रोमोशनले विश्वको ध्यान केन्द्रित गर्ने एउटा अभियाननै सञ्चालन गरेको छ । अभियान हो, विश्वका शक्ति राष्ट्रहरुको मुख्य शहरहरुमा ‘ग्रो ग्रिनरी, सेभ द अर्थ’ लेखिएको सन्देशमूलक ब्यानर लिएर फोटो सामाजिक सञजालमार्फत सार्वजनिक गर्दै सबैको ध्यान खिच्नु हो । विश्वले सामना गरिरहेको जलबायु परिवर्तनलाई न्यूनिकरण गर्न सबैले हरियालीमा जोड दिउँ, भन्ने उदेश्यका साथ यो अभियान सन्चालन गरेको सिकेका अध्यक्ष छिन्डुम भोटे बताउनु हुन्छ ।

यस अभियानअन्र्तरगत दक्षिण कोरियाका ३ भन्दा बढी सहरमा‘ ग्रो ग्रिनरी, सेभ द अर्थ’ लेखिएको ब्यानर पु¥याएर सार्वजनिक गर्दै अभियानलाई जनजनसम्म पु¥याउन संखुवासभा जिल्लाको भोटखोला– २ रिदाकको टासी ज्याँग्रा भोटेले २०२५ जुलाई ५ का दिन सो ब्यानर फराएरका छन् ।यसअघि यो ब्यानर विश्वको सर्वोच्च शीखर सगरमाथाामा फहराइएको थियो । अब अमेरिका तथा युरोपक बिभिन्न शहरमा पनि यो सन्देश पुर्याउँने लक्ष्य लिएको सिकेका अध्यक्ष भोटेको भनाइ छ ।
सिक रिसर्चले हाल देशमा बाँझो जग्गामा बिभिन्न प्रजातिका बोटबिरुवा तथा फलफुलको बृक्षारोपण गर्दै आइरहेको छ ।

