अस्पताल बिस्थापित : तान्त्रिक सेवा स्थापित



सुरेन्द्र सुवेदी

हाम्रो सामाजिक परिवेश पनि अचम्मको छ । ब्यापार व्यवसाय पनि अचम्म– अचम्मका छन् । नेपाली समाज अझ भनौं भने दक्षिण एसियाको बंगलादेश, भारत, केही हदसम्म पाकिस्तानमा अन्धविश्वास र कूरीतिले जरो गाडी सकेको छ । जुन कुरा सत्य छ, त्यसलाई हाम्रो समाजले मान्दैन, जुन कुरा असत्य छ र त्यसको पछाडि दौडिरहेको हुन्छ । मानिसहरु आध्यात्म विज्ञानलाई लत्याएर भौतिक आडम्बर र अन्धविश्वासलाई अंगालेरे आफ्नो जीवनलाई नरकतिर धकेलीरहेको हुन्छ र छ ।

मानिसहरु स्वयं आफ्नै कारणले गर्दा दुःखी र आफ्नै संस्कारले गर्दा सुखी हुन्छ । दुःख, सुख, स्वर्ग, नर्क यही मानिसको जिवनमा आफ्नै कारणले भनौं स्वयम्ले गर्दा भोगिरहेको हुन्छ । दुः ख, सुख, स्वर्ग, नर्क यही विद्यमान छ । गंगामा नुहाउनाले शरीरको मैलो फालिन्छ । मनको सुद्धिकरणमा नुहाउनाले अन्तर हृदय शुद्ध हुन्छ । मानिस रोग मुक्त हुन्छ भन्ने भनाइ ब्याप्त छ ।

तर, नेपालमा कतिसम्म अन्धविश्वासले लपेटेको छ भने भइरहेका अस्पताल, स्वास्थ्य सेवा, जनश्वास्थ्य सरोकारजस्ता मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संस्थाहरुलाई बिस्थापित गरी तान्त्रिक सेवा, धामी– झाँक्री संघ, माला फुक–फाक सेवाजस्ता जडवादी सेवाहरु स्थापित भएका छन् । हाल एउटा तान्त्रिक सेवा केन्द्रको साइनबोर्डमा यहाँ भूत, प्रेत, काम्ने ग्रहदशा हेरी फाल्ने, महिनावारी गडबढीको उपचार गर्ने, बुट्टी बाँध्ने ब्यापार ब्यवसाय फस्टाउने तान्त्रिक विधिबाट उपचार गर्नुका साथै हस्तरेखा पनि हेरिन्छ भन्ने उल्लेख गरेको भेटिएको छ ।

 

                                                              “मानिसहरु स्वयं आफ्नै कारणले गर्दा दुःखी र आफ्नै संस्कारले                                                                                                   गर्दा सुखी हुन्छ । दुःख, सुख,   स्वर्ग, नर्क यही मानिसको जिवनमा आफ्नै                                                                                    कारणले   भनौं स्वयम्ले गर्दा भोगिरहेको हुन्छ । दुः ख, सुख,   स्वर्ग, नर्क यही                                                                                  विद्यमान छ ।मनको   सुद्धिकरणमा   नुहाउनाले अन्तर हृदय शुद्ध हुन्छ ।                                                                        मानिस रोग मुक्त हुन्छ भन्ने  भनाइ ब्याप्त छ ।”

 

सोही साइनबोर्ड भएको ठाउँमा आठ–दश महिनाअघिमात्र यहाँ एक्स रे, रगत जाँच, दिशा पिसाव जाँच, अल्ट्रा साउण्ड, भिडियो एक्स रे, सुगर प्रेसर जाँचआदि गरिन्छ भनी साइनबोर्ड राखेको पाइन्थ्यो । त्यस स्थान नजिकका मितेरी अस्पताल, समिट अस्पताल विस्थापित भएका छन् भने सेतिदेवि तान्त्रिक सेवा केन्द्र स्थापित भएको छ । यसबाट भन्न सकिन्छ हाम्रो समाज कता तिर उन्मुखभै रहेको छ भनेर ।

अहिलेको २१ औं शताब्दीमा पनि भूतप्रेत, बोक्सी, लागू, काम्ने भन्ने हुन्छ र ? मानिसको प्रत्यक्ष जनस्वास्थ्यमा सरोकार राख्ने अस्पताललाई बिस्थापित गराएर ग्रह दशा हेरी फाल्ने भन्ने झुटो आश्वासन दिने तान्त्रिक संस्थालाई स्थापित गराउन सहयोग पु¥याउने हाम्रो समाजको जडवादी, अन्धविश्वास उत्प्रेरणाले कतातिर लाने हो, हेर्न बाँकी छ । महिलाहरुको मासिक धर्ममा भएको महिनावारी गडबडी फुकेर निको हुन्छ भनी अस्पताल धाएर तान्त्रिककोमा धाउने महिलाहरुलाई के भन्ने ? यसलाई कमजोर मानस्थितिको उपज भन्नु राम्रो होला ।

तान्त्रिक सेवा, माता, धामी– झाँक्रीजस्ता सामाजिक कीराहरुले समाजलाई धुलो पारेर माटोमा मिलाई सकेको एक खाद्यान्न ब्यापारीको दुखेसो सुनिएको छ । काठमाडौंमै कपडा व्यापार गरेर बस्ने एक महिला ब्यापारी भन्नुहुन्छ, ‘माता चढ्ने भए पनि एक कुमारी केटीमा चढ्नु पर्ने हो,चार वटा बच्चा जन्माइसकेका अधबैंसे र बृद्ध महिलाहरुमा कसरी उत्रिन्छिन् । यो सरासर ठगी खाने भाँडो हो ।’ यस्ता प्रवृत्तिको धामी झाँक्री , तान्त्रिक र माताहरुले खासगरी मन्दिरको सेरोफेरोलाई समातेको पाइन्छ ।

राजधानीको संकटा मन्दिर परिसर, स्वयम्भू परिसर, पशुपतिनाथ परिसर, भक्तपरको दत्तात्रय परिसर, ललितपुरको कृष्णमन्दिर परिसरलाई उनीहरुले मुख्य क्षेत्र स्थापित गरेका छन् । माला, तान्त्रिक, धामी–झाँक्री आफू आफंैमा साधना गरी आफैंलाई निखार्ने र सत्यको बोध गर्ने एक साधाना विधि हो । उनीहरुले बोक्सीको नाममा होस् वा भूतप्रेतको नाममा होस्, अन्य दोस्रो वा तेस्रो व्यक्तिलाई फुकेर निको पार्न सक्दैनन् । निको पार्ने भए किन महिनौ, वर्षाैसम्म पनि आफूकोमा धाउन लगाइरहन्छन् ? एक पटक फुकेपछि त फेरि त्यस्तो बिरामी नहुनु पर्ने होइन र ? यो ठूलो, गहन, सोचनीय तथा अनुसन्धानको विषय हो ।

धामी– झाँक्री, माता, तान्त्रिक सेवाजस्ता भनिनेहरु उपचार पद्धति होइनन्, ठगी खाने माध्यममात्र हुन् । लोग्ने भएका तर माता उत्रिएका भन्नेहरु कुनै पनि अर्थमा माता हुन सक्दैनन् । शरीरमा विभिन्न तत्वको कमीले गर्दा शरीर चिलाउने, कालोदाग आउने, शरीर काम्ने, टाउको दुख्नेजस्ता बिरामीलाई भूत, प्रेत र बोक्सी लागेको नाममा माता, तान्त्रिक र धामी झाँक्रीको भर नपरी डाक्टर र अस्पताल गएर सही उपचार गराएमा असल नागरिकको पहिचान पनि हुनेछ र रोग पनि निको हुन्छ ।

अहिले राजधानीका केही स्थानमा माता र तान्त्रिककोमा धाउने महिलाहरुमाथि यौन शोषण हुने गरेको पनि चर्चा छ । माताहरु बिरामी निकोपार्ने नाममा झारफुक गर्ने, ती माताका पतिहरु झारफुकमा आउने महिलाहरुसित डेटिङमा जाने गरेको चर्चा पनि चल्न थालेको छ । झारफुक केन्द्र नै खोलेर बसेका त्यस्ता माता र तान्त्रिकले कमजोर मनस्थिति भएका महिलाहरुलाई आफ्नो झारफुक केन्द्रमा ल्याएर लामो समयसम्म रोग निको हुन अस्पताल जान नदिनेदेखि श्रम तथा यौन शोषण गरिएको विषय चर्चामा आएपछि यसको खोजीमा प्रशासन लाग्नु पर्ने भएको छ । काठमाडौं उपत्यकाका एक प्रहरी अधिकारी यस्तो विषय उजुरीका रुपमा आएको खण्डमा प्रहरीले छानविन गर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्