हामी नेपाली ग्लोबल सिसेल्सद्धारा रक्तदान कार्यक्रम सम्पन्न
सिसेल्स हामी नेपाली ग्लोबल सिसेल्सद्वारा लादिक आइल्याण्डमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाली नागरिक लगायत अन्य मुलुकका गरी २६ जनाले रक्तदान गरेका छन् ।
सेन्ट मेरी अस्पतालको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रम सम्पन्न गर्न सिसेल्स प्रहरीले प्रमुख भूमिका रहेको थियो । उक्त कार्यक्रमको अवसरमा हामी ग्लोबल सिसेल्सका बोर्ड अफ डाइरेक्टर रामजी बस्नेतद्वारा ५० थान टिसर्ट निःशुल्क हस्तान्तरण गरेको आयोजकले जनाएको छ ।
कार्यक्रमा संस्थाका सल्लाहकार चोम बहादुर बलाल, इन्द्र रास्कोटी रविन्द्र रेड्डी, संस्थाका अध्यक्ष दिपेन्द्र कुँवर तृतीय उपाध्यक्ष राजेन्द्र कुँवर संस्थाका कोषाध्यक्ष अस्मिता आले मगर समेतको महत्वपूर्ण सहयोग र भूमिका रहेको थियो । सो अवसरमा हामी नेपाली ग्लोबल संस्थाका प्रथम उपाध्यक्ष विजय थापा, महासचिव सुरेन्द्र कुँवर, सचिव आइन्द्र योङ्या, बोर्ड अफ डाइरेक्टर रामजी बस्नेत, लादिक आइल्याण्ड संयोजक भक्त अस्लामी मगर सहसंयोजक चित्र गुरुङ लगायतको उपस्थितका कार्य सम्पन्न भएको संस्थाका सचिव अइन्द्र योङयाले जानकारी दिएका छन् ।