घाँटीमा लगाइराखेका सुन चोरी गर्ने गिरोह पक्राउ
काठमाडौं/रुपन्देही जिल्लास्थित इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएका प्रहरी टोलीले सुन चोरी गर्ने तीन जनालाई प्रक्राउ गरेका छन् । पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली घर भई हाल जिल्ला रुपन्देही कञ्चन गाउँपालिका वडा ४ स्थित वसोबास गर्दै आएका दुई बालकसहित वर्ष ३६ को विजय रायनटलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक जगन्नाथ मरासिनीले बताए ।
आरोपितहरुले यहि असार२६ गते दिउँसो गाउँपालिका वडा ४ बनकसिया निवासी वर्ष ७० की चमेली थापाको सुन
नाबालकलाई प्रयोग चोरी गरेका थिए ।
पीडित थापा सोही गाउँको बनकसिया नजिकै आईतबारे हाटबजारमा सरसामान किन्न भनि डिहेकोमा सोही बजारमा घरको लागी टमाटर किन्न भनि बसेर छान्ने क्रममा घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्रि घाँटीबाट २ जना नाबालकहरुले चोरी गरी फरार भएका प्राप्त सूचना अनुसार भनि प्रहरी कार्यालयमा प्रहरी टोलीले खोजतलास गरी अनुसन्धान गर्दै जाने क्रममा बनकसिया डिहो स्थितमा लुकि छिपी हिडिरहेको अवस्थामा प्रकाउ गरिएको थियो ।