सिरहाकी किशोरी रिंकुकुमारी सदाय हत्या प्रकरणका मुख्य आरोपी रुपेश मण्डल पक्राउ



सिरहाकी किशोरी रिंकुकुमारी सदाय हत्या प्रकरणका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका छन्। सिरहा प्रहरीले मण्डललाई नियन्त्रणमा लिएको जनाएको छ।

१७ वर्षीया रिंकु सदाय सिरहाको नवराजपुर गाउँपालिका–१, भगवतीपुरस्थित आफ्नै घरमा ३० माघमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनाको अघिल्लो राति शौच गर्न बाहिर गएकी उनी करिब ६ घण्टासम्म बेपत्ता भएकी थिइन्। बिहान ३ बजे मात्र उनी घरमा रोइरहेको अवस्थामा फेला परेकी थिइन्। परिवारका अनुसार, उनले आफू सामूहिक बलात्कारको सिकार भएको बयान दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्