चेकजाँचका क्रममा ३ किलो ७४५ ग्राम सुन बरामद
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार जना विदेशी नागरिक मलद्वारमा लुकाएर सुन ल्याउने प्रयासमा पक्राउ परेका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार चेकजाँचका क्रममा उनीहरूबाट ३ किलो ७४५ ग्राम सुन बरामद गरिएको छ।
पक्राउ पर्नेहरू उज्वेकिस्तानका नागरिक हुन्, जसमा तीन महिला र एक पुरुष रहेका छन्। उनीहरूको परिचय क्रमशः ४९ वर्षीया फेजिभा साउदत, ४८ वर्षीया अख्मेदोभा उमेदा, ५४ वर्षीया मारिफालिभा, र ४१ वर्षीय तुरसुनोभ सारदोर रहेको छ।
चारै जनालाई थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, सिनामंगलमा बुझाइएको प्रहरीले जनाएको छ।