(केआइआइटी) प्रशासनद्वारा जबर्जस्ती निकालिएका २२२ नेपाली विद्यार्थी नेपाल फर्किए



भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) प्रशासनद्वारा जबर्जस्ती निकालिएका २२२ नेपाली विद्यार्थी नेपाल फर्किएका छन्।

उनीहरू प्रकृति लम्सालको शंकास्पद मृत्युपछि न्यायिक छानबिनको माग गर्दा कुटपिटमा परेका थिए। होस्टेलबाट निकालिएपछि कोही बसबाट, कोही रेलमार्ग हुँदै जोगबनी नाका भएर स्वदेश फर्किएका हुन्।केआइआइटीमा करिब १,५०० नेपाली विद्यार्थी चारवर्षे बीटेक इन्जिनियरिङ अध्ययनरत थिए। केही भारतीय दूतावासको छात्रवृत्तिमा गएका भए पनि अधिकांशले १२.२५ लाख भारतीय रुपैयाँ तिरेर आवासीय कोर्स लिएका थिए।प्रकृति लम्साल हत्या प्रकरणपछि कलेज बदनाम भएको छ, जसका कारण धेरै विद्यार्थी कलेज छाड्न बाध्य भएका छन्। भारतीय सञ्चारमाध्यमहरूले पनि कलेजको भविष्य अन्योलमा रहेको जनाएका छन्। हाल भारतभर ५०,००० भन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन्।

प्रतिक्रिया दिनुहोस्