योङया कुल बंश पतिष्ठानको प्रवास समिति गठन
योङया कुल बंश बन्धु प्रतिष्ठान केन्द्रिय समितिको बसेको दोश्रो बैठकले कुल प्रसाद योङयाको अध्यक्ष्यतामा २१ सदस्यीय प्रवास समित गठन गरको छ ।झापास्थित योङया टोल दुधेमा हालै सम्पन्न भएको बैठकले योङया कुल बंश प्रतिष्ठानको सामाजिक,आर्थिक,साँस्कृतिक गतिविधिमा सहयोगी भूमिका निर्वाह गर्ने प्रयोजनार्थ योङया कुल बंश प्रतिष्ठानको उप समितिको रुपमा प्रवास समिति गठन गरिएको हो ।
प्रवास समितिको बरिष्ठ उपाध्यक्षमा मकर योङया (मलेसिया),अन्य उपाध्यक्षहरुमा क्रमश,चण्डी योङया (मकाउ),दलप्रसाद योङया (युेक),साक्थिम योङया (हङकङ) , महासचिवममा अइन्द्रविक्रम योङया ( अफ्रिका),सचिवमा सुरेन्द्र योङया (
सचीवमा सुरेन्द्र योङ्या (हङकङ) , सहसचिवमा अग्नि योङया ( अमेरीका),सुमन योङया (कोरिया),कोषाध्यक्षमा बद्री योङया ( बेलायत),सह सहकोषाध्यक्षमा भूपेन योङया (बेलायत),रविन योङया,त्यस्तै सदस्यहरुमा क्रमश
बाबुराम योङया(बेलायत),सप्ताङ योङया (वेलायत,होमप्रसाद योङया (बेलायत),नरेन्द्र योङया (हङकङ),मनकुमार योङया (कोरिया),गणेश योङया ( बेलायत), आइन्द्र योङया (सिङगापुर ) रहेका छन् ।
प्रवास समितिको गठनले योङया कुल बंश प्रतिष्ठानको उदेश्य,लक्ष्य अनुसार काम गर्नमा सहज हुने प्रतिष्ठानको केन्द्रीय समितिको अध्यक्ष घनेन्द्र योङयाले बताए ।
बैठकले कानुनी सल्लाहकार उपसमितिसमेत गठन गरेको छ , सल्लाहकारमा ताप्लेजु जिल्ला न्यायधीस निर्मला योङया,याङवरक गाउँपालिका अध्यक्ष सुवास योङया रहेका छन् । बैठकमा योङया कुल बंश प्रतिष्ठानको संस्थापक एवं मुख्य संरक्षक चन्द्रप्रसाद योङया,योङया बंशकै ज्येष्ठ नागरिक समाजसेवी कृष्ण प्रसा योङया,समाजसेवी निराकर योङया लगायतको उपस्थिति रहेको थियो ।यस समितिमा अन्य मुलुमा रहेका अन्य बन्धुहरुलाई पनि क्रमश समेटेर गतिशील र बलियो समितिको रुपमा प्रवास समितिलाई स्थापित गर्दै लैजाने नवगठित प्रवास समितिका महासचिव तथा समाजेवी अइन्द्रविक्रम योङयाले बताएका छन् ।