भूमिसम्बन्धी नयाँ विधेयक ल्याउने तयारी, सत्तापक्षीय दलबीच छलफल



काठमाडौँ, १३ चैत – सत्तापक्षीय दलहरूले भूमिसम्बन्धी अध्यादेशका विषयमा छलफल गर्दै नयाँ विधेयकको मस्यौदा तयार गरी संसद्मा लैजाने तयारी गरेका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तापक्षीय दलका शीर्ष नेताहरूको बैठकमा भूमि अध्यादेशप्रति जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाएको चासोबारे छलफल भयो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका सरोकारबारे स्पष्ट पार्दै विधेयकमा आवश्यक व्यवस्था समेट्ने प्रतिबद्धता जनाएका थिए।

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भूमिसम्बन्धी अध्यादेशलाई विधेयकका रूपमा अघि बढाउने निष्कर्ष निकालिएको जानकारी दिए। उनले भने, “जसपाले केही विषयमा चासो देखाएको थियो। ती विषयमा छलफल भई स्पष्टता आएको छ, अब विधेयक लगभग सहमतिको चरणमा पुगेको छ।”छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टी अध्यक्ष सिके राउत, जसपा अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए।

 

प्रतिक्रिया दिनुहोस्