स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटी स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णयमार्फत उहाँलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
मन्त्रालयमा १२ औं तहमा कार्यरत डा. बाराकोटी सचिव पदका तीन प्रमुख दावेदारमध्ये एक भए पनि सरकारले डा. विकास देवकोटालाई सचिवमा बढुवा गरेपछि रिक्त रहेको स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा उनको नियुक्ति भएको हो। यसअघि, डा. देवकोटा नै विभागको महानिर्देशक थिए।स्वास्थ्य क्षेत्रमा लामो अनुभव भएका डा. बाराकोटी राजधानी बाहिर बसेर सेवा प्रदान गर्ने चिकित्सकका रूपमा परिचित छन्। १२ औं तहमा बढुवा भएपछि मात्र उनी मन्त्रालय भित्रिएका थिए।