जान्नुहोस दाँतसंम्बन्धी महत्वपूर्ण जानकारी



दाँतमा दुई प्रकारले रोग लाग्छ ।गीजामा समस्या र दाँतमा कीरा।मुखमा भएका हजारौं किटाणुले एसिडबनाएका कारण दाँत बिग्रिन्छ। दाँतमा किरा नै निस्किने होइन। किटाणुले बनाउने एसिडले दाँत बिगार्रने हो। ।बलियो दाँतलाई पनि किटाणुले उत्पादन गरेको एसिडले बिगार्दछ।दातँको किरा बिस्तारै डेन्टिनमा सर्छ। त्यति बेलासम्म पनि उपचार भएन भने एसिडले नशा भएको ठाउँमा बिगार्दछ। उपाचार भएन भने पहेँलो भागसम्म किटाणुको असर पुग्यो भने दाँत सिरिंग हुन्छ।, अप्ठ्यारो हुने,टोक्दा असहज हुने हुन्छ। यसबेलामा दाँतमा फिलिङ गर्न सकिन्छ ।यो भन्दा बिग्रीयो भने बिरामीलाई गारो हुन्छ। त्यती बेला आरसिटी गर्नु पर्छ ।हेलचेक्राई गर्नु हुँदैन।

 

दाँतलाइ गिजाको रोग पनि लाग्छ।यो सारै कठीन समय हो ।असाध्यै सफा गर्नु पर्छ।सफा गरेन भने दाँतको भागमा लेउ लाग्छ। गीजा र हड्डी सुन्नीने हुन्छ।रगत आउने हुन्छ। हेलचेक्राई गर्यो भने दाँत हल्लीनु थाल्छ। तेसपछी त दाँत नै फुकाल्नु पर्छ।त्यसकारणले खानापछी बिहान बेलुका दाँत सफा गर्न जरुरी छ।

प्रतिक्रिया दिनुहोस्