भौतिक पुर्वाधार तथा योजना मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी
ललितपुरको बालकुमारी भौतिक पुर्वाधार तथा योजना मन्त्री प्रकाश ज्वाला सवारगाडीमा आगजनी भएको छ ।
कोरिया रोजगार अनुमति प्रणाली इपिएस परीक्षाकाको विषयलाई लिएर युवाहरुले गरेको प्रर्दशनका क्रममा मन्त्री प्रकाश ज्वालालाइ बाहिर निकालेर गाडीमा आगजनी गरेका हुन ।युवाहरुले पहिला मन्त्रीको गाडी तोडफोडपछि गाडीमा आगजनी गरेका हुन्।प्रदर्शनकारीले सडक अवरुद्ध गर्दै अन्य सवारी साधनलाई रोकेका थिए। सिप बिल्डिङमा आवेदन दिएकाले पनि उत्पादनमुलकमा आवेदन दिन पाउने पर्ने प्रदर्शनकारी युवाहरुको माग छ ।
पाटन उच्च अदालतले सिप बिल्डिङमा आवेदन दिएका तर पास नभएकाले पनि उत्पादनमूलक क्षेत्रमा आवदेन दिन आदेश दिएको थियो ।तर, इपिएस कोरिया शाखाले अदालतमा मुद्दा दायर गर्ने १८ जनाले मात्रै परिक्षा दिन पाउने बताएपछि अन्य युवाहरु झन आक्रामक बनेका हुन ।