प्रधानमन्त्री प्रचण्डले सपथ लिएसँगै ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन
११ पुुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
सोमबार नै ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीहरुले पनि शपथ लिएका छन् । उपप्रधानमन्त्रीहरुमा विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् । प्रधानमन्त्री प्रचण्डले सपथ लिएसँगै
३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन
मन्त्रीहरुको भने कार्यविभाजन तोकिएको छैन । ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।
मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ । ३ जना उपप्रधानमन्त्री र चारै जना मन्त्रीले सोमबार नै शपथ लिएका छन् ।