चिनमा फेरि कोरोना बढ्यो,नेपालमा भने छैन कुनै सावधानी



काठमाडौं । पछिल्लो समय चीनलगायत छिमेकी देशमा कोरोना संक्रमण उच्च गतिमा पुनः फैलन थालेको छ । संक्रमण फैलिएपछि चीन, अमेरिकालगायत देशले सर्तकता अपनाउन थालेका छन् । भारतले चीनलगायत देशबाट आउने नागरिकलाई उच्च निगरानीमा राख्नुका साथै पीसीआर टेस्ट अनिवार्य गरेको छ ।

long Covid syndrome and coronavirus pandemic symptoms that persist as a burden concept or being tied trapped as a hauler of a virus infection with 3D illustration elements.

दक्षिण कोरिया, चीन र अमेरिकाबाट आउने नागरिकलाई भारत आउनुअघि अनिवार्य पीसीआर टेस्ट गर्न भनेको छ । छिमेकी मुलुकमा कोरोना संक्रमण दर बढ्न सुरु गरे पनि नेपालमा भने सतर्कता र निगरानीमा त्यति ध्यान दिइएको छैन । यद्यपि, स्वास्थ्य मन्त्रालयले भने संक्रमण देखिएको मुलुकसँग समन्वय गर्दै निगरानी बढाउने भने जनाएको छ ।

चीन, दक्षिण कोरियामा हाल कोरोनाको नयाँ भेरियन्ट ‘बीएफ–७’ देखिए पनि नेपालमा भने हालसम्म त्यस्तो अवस्था नदेखिएको स्वस्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ तथा अंग्रेजी नयाँ वर्ष २०२३ नजिकिएकाले कोरोनाबाट बच्न सावधानी अपनाउन मन्त्रालयको अपिल छ ।

कोभिड–१९ पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि सीमानाका तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रने यात्रुको ज्वरो नाप्ने, शंकास्पद व्यक्तिको एन्टिजेन टेस्ट र जीन सिक्वेन्सिङ गर्ने कार्यहरू भइरहेको मन्त्रालयले जनाएको छ । कतिले लिए खोप रु स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७९ लाख ७२ हजार ७ सय ९१ जनाले मात्र खोपको अतिरिक्त मात्रा लिएका छन् ।

त्यस्तै, कुल जनसंख्याको ७६।५ प्रतिशत अर्थात् २ करोड २३ लाख २४ हजार ९ सय ३३ जनाले खोपको पूर्ण मात्रा लिएका छन्। एक मात्रा खोप लगाउनेको संख्या २ करोड ३२ लाख ८ हजार ४ सय ८३ छ । यो कुल जनसंख्याको ७९ दशमलव ५ प्रतिशत हो। मन्त्रालयका अनुसार खोप अभियान सुरु भएयता ५ करोड ३५ लाख ६ हजार २३ सय ७ मात्रा खोप लगाइसकिएको छ । सरकारले खोप लगाउन छुटेका बालबालिका विद्यालयस्तरमा पुगेर खोज्ने, खोप लगाउन छुटेका बालबालिकालाई विद्यालयस्तरमा पुगेर खोज्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्