योगेश भट्टराई विजयीका हकदार



 

नेकपा एमालेका सचिव योगेश भट्टराई मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि कहाँबाट चुनाव लड्छन् भन्ने निश्चित थिएन । ताप्लेजुङ एमालेले उनको नाम एकल रूपमा सिफारिश गरेको थिएन । उनलाई झापा–१ मा टिकट दिइँदैछ भन्ने चर्चा पनि थियो, एमाले वृत्तमा ।२०७४ मा जितेको आफ्नै गृह जिल्ला ताप्लेजुङ ताकेर बसेका भट्टराई आफैं पनि अन्योलमा थिए । किनकि, पार्टी अध्यक्ष केपी शर्मा ओलीले २१ भदौको सचिवालय बैठकबाट टिकट वितरणको अधिकार लिएका थिए ।

अन्तिम समयमा ताप्लेजुङकै टिकट पाए । एउटै निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा ११ जनाको उम्मेदवारी परे पनि योगेश भट्टराईको प्रतिस्पर्धा नेकपा ९माओवादी केन्द्र०का खेलप्रसाद बुढाक्षेत्रीसँग हुने देखिएको छ ।२०७४ को चुनावमा वाम गठबन्धनबाट भट्टराईलाई जिताउन खटिएका बुढाक्षेत्री यसपटक सत्ता गठबन्धनको साझा उम्मेदवार छन् ।

 

टिकेर खेल्ने रहरयोगेश भट्टराई एमालेमा दोस्रो पटक सचिवको हैसियतमा छन् । पार्टी संस्थागत रूपमा चल्ने हो भने उनी टिकट वितरण गर्ने निकायकै नेता हुन् ।४८ वर्षे उमेरमा २०७१ को आठौं महाधिवेशनबाट उनी एमाले सचिवमा निर्वाचित हुँदा अरू दललाई समेत दबाव परेको थियो । भट्टराईको राजनीतिक पृष्ठभूमिका कारण उनलाई एमाले नेतृत्वको सम्भावित नेताका रूपमा पनि हेरियो ।

२०३७ मा अखिलको साधारण सदस्य बनेका उनी २०४६ सालमा केन्द्रीय सदस्य भए । महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियु सभापति रहेको बेला पञ्चायतविरोधी आन्दोलनका क्रममा जेल परे । केपी ओलीलाई उनले जेलमै भेटे ।

२०५१ मा अखिलको केन्द्रीय अध्यक्ष भए भट्टराई । मदन भण्डारीको जिल्ला ताप्लेजुङका उनी अखिल अध्यक्षको रूपमा खेलेको भूमिकाबाट राष्ट्रिय राजनीतिमा चिनिए । भारतले ६२ ठाउँमा सीमा मिचेको प्रतिवेदन तयार पार्नेदेखि कालापानी मार्च गर्नेसम्मको गतिविधिमा नेतृत्व गरे उनले त्यो बेला ।

नेकपा एमालेका सचिव योगेश भट्टराई मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि कहाँबाट चुनाव लड्छन् भन्ने निश्चित थिएन । ताप्लेजुङ एमालेले उनको नाम एकल रूपमा सिफारिश गरेको थिएन । उनलाई झापा–१ मा टिकट दिइँदैछ भन्ने चर्चा पनि थियो, एमाले वृत्तमा ।

२०७४ मा जितेको आफ्नै गृह जिल्ला ताप्लेजुङ ताकेर बसेका भट्टराई आफैं पनि अन्योलमा थिए । किनकि, पार्टी अध्यक्ष केपी शर्मा ओलीले २१ भदौको सचिवालय बैठकबाट टिकट वितरणको अधिकार लिएका थिए ।

अन्तिम समयमा ताप्लेजुङकै टिकट पाए । एउटै निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा ११ जनाको उम्मेदवारी परे पनि योगेश भट्टराईको प्रतिस्पर्धा नेकपा ९माओवादी केन्द्र०का खेलप्रसाद बुढाक्षेत्रीसँग हुने देखिएको छ ।

२०७४ को चुनावमा वाम गठबन्धनबाट भट्टराईलाई जिताउन खटिएका बुढाक्षेत्री यसपटक सत्ता गठबन्धनको साझा उम्मेदवार छन् ।

टिकेर खेल्ने रहरयोगेश भट्टराई एमालेमा दोस्रो पटक सचिवको हैसियतमा छन् । पार्टी संस्थागत रूपमा चल्ने हो भने उनी टिकट वितरण गर्ने निकायकै नेता हुन् ।४८ वर्षे उमेरमा २०७१ को आठौं महाधिवेशनबाट उनी एमाले सचिवमा निर्वाचित हुँदा अरू दललाई समेत दबाव परेको थियो । भट्टराईको राजनीतिक पृष्ठभूमिका कारण उनलाई एमाले नेतृत्वको सम्भावित नेताका रूपमा पनि हेरियो ।

 

२०३७ मा अखिलको साधारण सदस्य बनेका उनी २०४६ सालमा केन्द्रीय सदस्य भए । महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियु सभापति रहेको बेला पञ्चायतविरोधी आन्दोलनका क्रममा जेल परे । केपी ओलीलाई उनले जेलमै भेटे ।२०५१ मा अखिलको केन्द्रीय अध्यक्ष भए भट्टराई । मदन भण्डारीको जिल्ला ताप्लेजुङका उनी अखिल अध्यक्षको रूपमा खेलेको भूमिकाबाट राष्ट्रिय राजनीतिमा चिनिए । भारतले ६२ ठाउँमा सीमा मिचेको प्रतिवेदन तयार पार्नेदेखि कालापानी मार्च गर्नेसम्मको गतिविधिमा नेतृत्व गरे उनले त्यो बेला ।

२०६२९६३ को जनआन्दोलनताका भट्टराई उपत्यका कमिटी सचिवको रूपमा सक्रिय भए । २०६४ र २०७० को निर्वाचनमा भने उनी काठमाडौं९६ मा पराजित भएर दुवै ऐतिहासिक संविधानसभामा पुग्न सकेनन् ।पार्टीमा भने उनको प्रगति रोकिएन । आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य र नवौं महाधिवेशनबाट सचिवमा निर्वाचित भए । त्यसबेला माधवकुमार नेपाल नेतृत्वको समूह बनाउने नेतामध्ये उनी एक थिए ।

२०७४ मा नेकपा ९माओवादी केन्द्र०सँग चुनावी तालमेल र त्यसलगत्तै पार्टी एकता भएपछि भने भट्टराईको राजनीतिक भूमिका खुम्चियो । वाम तालमेलकै लाभ उठाएर प्रतिनिधिसभा सदस्य जिते पनि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा उनी स्थायी कमिटी सदस्य मात्र रहे ।

नेकपा विभाजन हुँदा योगेश भट्टराईले पार्टी र संसदीय मोर्चामा ठूलै क्षति बेहोर्नु पर्‍यो । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबाट राजिनामा दिए ।

गत वर्ष माधवकुमार नेपालले एमालेबाट अलग एकीकृत समाजवादी बनाउँदा भने उनी पार्टी विभाजनको विपक्षमा उभिए । १० बुँदे सहमति गरेर ओलीसँगै बसेका उनले १०औं महाधिवेशनमा बढुवा पाएनन् । ओलीले प्रस्ताव गरेको पुरानै सचिव पदमा बसे ।

नवौं महाधिवेशनमा सचिवमा पराजित विष्णु रिमाल १०औं महाधिवेशनमा उपमहासचिव बने । पदाधिकारीको वरीयतामा पनि भट्टराईलाई सातमध्ये छैटौंमा राखियो । यही कारण मनोनयनको अघिल्लो दिनसम्म पनि उनको उम्मेदवारीबारे अन्योल थियो ।

तुलनात्मक सहजता

योगेश भट्टराईको राजनीतिक गतिका निम्ति आउँदो ४ मंसिरको चुनाव महत्वपूर्ण बन्ने देखिन्छ । नेकपा ९एमाले० असहज परिस्थितिमा सत्ता गठबन्धन विरुद्ध चुनावी मैदानमा उत्रिएको छ । यस्तो बेला हुने हार–जितले नेताहरूको व्यक्तिगत राजनीतिमा खास अर्थ राख्छ नै ।

गत स्थानीय चुनावको नतिजा र प्रतिस्पर्धी उम्मेदवारको राजनीतिक वरीयता हेर्दा भट्टराई तुलनात्मक रूपमा अनुकूल अवस्थामा देखिन्छन् । फेरि एमालेको बलियो पकड रहेको जिल्ला पनि हो, ताप्लेजुङ ।

स्थानीय तहको गत चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा सत्ता गठबन्धनका दलहरूको मत जोड्दा पनि एमाले नै अगाडि छ । उक्त निर्वाचनमा एमालेले २४ हजार २९५ भोट पाएको छ भने माओवादीले ४ हजार ४९७ ।

२०६४ को माओवादी लहरमा समेत ताप्लेजुङमा एमाले विजयी भएको थियो । २०७४ मा एमालेसँग तालमेल हुँदा पहिलोपटक प्रदेश सभा सदस्य जितेका माओवादी केन्द्रका टंक आङ्बोहाङ पनि अहिले एमालेमै छन् ।

कांग्रेसका शुभेच्छुक–समर्थकको सबै मत बुढाक्षेत्रीले पाए र एमालेको मत जोगाउन पनि सकेनन् भने चाहिं योगेश भट्टराईको विजय खतरामा पर्न सक्ने देखिन्छ ।
२०६२(६३ को जनआन्दोलनताका भट्टराई उपत्यका कमिटी सचिवको रूपमा सक्रिय भए । २०६४ र २०७० को निर्वाचनमा भने उनी काठमाडौं(६ मा पराजित भएर दुवै ऐतिहासिक संविधानसभामा पुग्न सकेनन् ।

पार्टीमा भने उनको प्रगति रोकिएन । आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य र नवौं महाधिवेशनबाट सचिवमा निर्वाचित भए । त्यसबेला माधवकुमार नेपाल नेतृत्वको समूह बनाउने नेतामध्ये उनी एक थिए ।२०७४ मा नेकपा ९माओवादी केन्द्र०सँग चुनावी तालमेल र त्यसलगत्तै पार्टी एकता भएपछि भने भट्टराईको राजनीतिक भूमिका खुम्चियो । वाम तालमेलकै लाभ उठाएर प्रतिनिधिसभा सदस्य जिते पनि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा उनी स्थायी कमिटी सदस्य मात्र रहे ।

नेकपा विभाजन हुँदा योगेश भट्टराईले पार्टी र संसदीय मोर्चामा ठूलै क्षति बेहोर्नु पर्‍यो । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबाट राजिनामा दिए ।गत वर्ष माधवकुमार नेपालले एमालेबाट अलग एकीकृत समाजवादी बनाउँदा भने उनी पार्टी विभाजनको विपक्षमा उभिए । १० बुँदे सहमति गरेर ओलीसँगै बसेका उनले १०औं महाधिवेशनमा बढुवा पाएनन् । ओलीले प्रस्ताव गरेको पुरानै सचिव पदमा बसे ।

नवौं महाधिवेशनमा सचिवमा पराजित विष्णु रिमाल १०औं महाधिवेशनमा उपमहासचिव बने । पदाधिकारीको वरीयतामा पनि भट्टराईलाई सातमध्ये छैटौंमा राखियो । यही कारण मनोनयनको अघिल्लो दिनसम्म पनि उनको उम्मेदवारीबारे अन्योल थियो ।

तुलनात्मक सहजता

योगेश भट्टराईको राजनीतिक गतिका निम्ति आउँदो ४ मंसिरको चुनाव महत्वपूर्ण बन्ने देखिन्छ । नेकपा ९एमाले० असहज परिस्थितिमा सत्ता गठबन्धन विरुद्ध चुनावी मैदानमा उत्रिएको छ । यस्तो बेला हुने हार–जितले नेताहरूको व्यक्तिगत राजनीतिमा खास अर्थ राख्छ नै ।

गत स्थानीय चुनावको नतिजा र प्रतिस्पर्धी उम्मेदवारको राजनीतिक वरीयता हेर्दा भट्टराई तुलनात्मक रूपमा अनुकूल अवस्थामा देखिन्छन् । फेरि एमालेको बलियो पकड रहेको जिल्ला पनि हो, ताप्लेजुङ ।

स्थानीय तहको गत चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा सत्ता गठबन्धनका दलहरूको मत जोड्दा पनि एमाले नै अगाडि छ । उक्त निर्वाचनमा एमालेले २४ हजार २९५ भोट पाएको छ भने माओवादीले ४ हजार ४९७ ।

२०६४ को माओवादी लहरमा समेत ताप्लेजुङमा एमाले विजयी भएको थियो । २०७४ मा एमालेसँग तालमेल हुँदा पहिलोपटक प्रदेश सभा सदस्य जितेका माओवादी केन्द्रका टंक आङ्बोहाङ पनि अहिले एमालेमै छन् ।

कांग्रेसका शुभेच्छुक–समर्थकको सबै मत बुढाक्षेत्रीले पाए र एमालेको मत जोगाउन पनि सकेनन् भने चाहिं योगेश भट्टराईको विजय खतरामा पर्न सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्