सत्तारुढ दलका प्रमुख दलका नेताद्धारा निर्वाचनका लागि प्रचारप्रसारणको समय थप गर्न माग



काठमाडौं ९ असोज
मुख्य दलका नेताहरु निर्वाचन आयोग पुगेका छन् । आयोगमा पुगेर प्रमुख दलहरूका नेताहरूले आसन्न निर्वाचनका लागि प्रचारप्रसारको समय थप गर्न माग गरेका छन्।

दलहरूले आयोगको ध्यानाकर्षण गराउँदै चुनावी प्रचारप्रसारको समय निकै कम भएकाले समय बढाउन माग गरेका हुन्।माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रचारप्रसारको समयावधि कम भएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

पोखरले भने भने, ुआजको छलफलमा प्रचारप्रसारको समय बढाउन माग गर्‍यौं। यस्तै, प्रधानमन्त्री र मन्त्रीले पनि चुनावको चुनावको प्रचारप्रसार गर्न पाउने पर्ने कुरा राख्यौं।ुआयोगका प्रवक्ता शालीग्राम पौडेलले यस विषयमा आयोगले थप निर्णय गर्ने बताएका छन् ।प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्बन्धी आचारसंहितामा प्रतिवद्धता जनाउन राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका थिए।प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता एवम् गृह मन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल, जनता समाजवादी पार्टीका नेता प्रकाश अधिकारीलगायत निर्वाचन आयोग पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्