डेंगु संक्रमण बढ्दो,अहिलेसम्म डेंगु संक्रमणका कारण २९ जनाको मृत्यु
९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार पाँच सयभन्दा बढी संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको छ । शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगु संक्रमण भएको थियो । अहिलेसम्म डेंगु संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ ।
नेपालमा एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए ।