‘पाद’ सम्बन्धी केही रोचक जानकारी
हालै अध्ययनहरुबाट पाद सम्बन्धी केही रोचक जानकारी बाहिरिएका छन् । ती जानकारीहरु पाठकलाई लाभदायक हुनसक्ने भएकोले प्रस्तुत गरिएको छ । रोचक जानकारी यस्ता छन् ।
१. पाद निस्किँदा यसको तापक्रम ९८ दशमलव ६ डिग्री फरेनहाइट हुन्छ।
२. पाद प्रज्वलनशील ९ज्वलनशील० ग्यास भएकोले आगोको सम्पर्कमा आउँदा बल्न सक्छ।
३. नुहाउने बेलामा निस्किने पाद बढी दुर्गन्धित हुन्छ।
४. पादमा ५९५ नाइट्रोजन, २१५ हाइड्रोजन, ९५ कार्बनडाइअक्साइड, ७५ मिथेन, ३५ अक्सिजन र १५ अन्य ग्यासहरू मिसिएका हुन्छन्।
५. पाद्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ, किनकि यसले रक्तचाप (ब्लड प्रेसर ) नियन्त्रण गर्न मद्दत गर्छ।
६. पाद रोक्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ, किनभने यसमा रहेको ग्यास मस्तिष्कमा गएर टाउको दुख्ने समस्या निम्त्याउन सक्छ।
७. एउटा रोचक तथ्य के छ भने, ब्लु ह्वेलले पादेको पादको बुलबुला भित्र एउटा सिङ्गै घोडा अटाउन सक्छ।
८. पृथ्वीमा भएका सबै प्राणीमध्ये धमिराले सबैभन्दा धेरै पाद निकाल्छ।
९. मध्य युगमा मानिसहरू आफ्नो पादलाई एउटा खाली भाँडामा जम्मा गरेर बन्द गरी राख्थे। उनीहरूको अन्धविश्वास थियो कि त्यो पाद सुँघ्दा आयु बढ्छ।
१०. कुकुरले आफ्नो पादलाई ुदेख्नु सक्छ।
११. एक व्यक्तिले दिनमा औसत १४ पटक पाद्छ भने जीवनभरमा ४०२००० पटक पाद्छ।
१२. तपाईँले पादेको पादको हावाले बलिरहेको मैनबत्ती सजिलै निभाउन सकिन्छ, किनभने यसको गति १० फिट प्रति सेकेन्ड हुन्छ।
१३. पादलाई सुगन्धित बनाउन औषधि पनि बनेको छ। ुफादर क्रिसमसु नामक औषधि खाँदा पादबाट चकलेट र गुलाबको बास्ना आउँछ।
१४. जुन पादमा नाइट्रोजन र कार्बनडाइअक्साइड बढी हुन्छ, त्यसमा गन्ध कम आउँछ, तर त्यसको आवाज ठूलो हुन्छ।
१५. सिमीको तरकारी खाएको दिन पाद सबैभन्दा धेरै पटक आउँछ।
१६. सन् २००९ मा अमेरिकाको फ्लोरिडामा १२ वर्षीय विद्यार्थीलाई धेरै पादेको कारण गिरफ्तार गरिएको थियो।
१७. अन्तरिक्षयात्रीहरू अन्तरिक्षमा पाद्न सक्दैनन्, किनकि त्यहाँ गुरुत्वाकर्षण नहुँदा पेटमा भएको पानी र ग्यास छुट्टिँदैन।
१८. हाम्रो पादमा रहेको १५ हाइड्रोजन सल्फाइडले नै यसलाई दुर्गन्धित बनाउँछ।
१९. यदि कुनै व्यक्तिले ६ वर्ष ९ महिनासम्म लगातार पादिरहन्छ भने, त्यो पादबाट निस्कने ऊर्जा एउटा एटम बम बराबर हुन्छ।
२०. चिम्पान्जीले धेरै ठूलो आवाज निकालेर पाद्छ।
२१. तपाईँलाई पादले भरिएको कोठामा थुनेर राखिए पनि त्यसको कारण तपाईँको मृत्यु भने हुँदैन।

