पहिलो महिला रेस्लर युनिका र जुरेलीलाई आइकन अवार्ड
विश्वको सबैभन्दा अग्लो सगरमाथा आधार शिविर कालापत्थरमा रेस्लिङ खेलेर अमेरिकाकी खेलाडी दामिनोलाई पराजीत गर्दै विजयी बनेकी नेपाली चेली भगवति खड्का युनिकासमेत तीन जना नेपाली युवालाई आइकन अवार्डबाट सम्मान गरिएको छ ।

राजधानीको जमलस्थित नाचघरमा भएको कार्यक्रममा कलाकार, गायक, खेलाडीसमेत रहेकी युनिका, अर्की रेस्लर खेलाडी, कलाकार तथा गायिका अस्मिता जुरेली र कलाकार तथा सञ्चारकर्मी महेश पाण्डेलाई आइकन अवार्ड वितरण गरिएको हो ।
युनिका नेपालकै पहिलो रेस्लर खेलाडी हुन् भने उनले एक सय पचारबढी रेस्लर खेलाडी उत्पादन गरिसकेकी छन् । पाकिस्तान, भारतसमेतका देशमा रेस्लिङ खेल्दै विजयी बनेर देशको नाम उच्च राख्न पुर्याएको योगदानस्वरुप एबिएम संस्थाले आइकन अवार्डबाट सम्मान गरेको हो ।
युनिकाले निकट भविष्यमा विश्वको अग्लो तिलिचो तालमा विश्वका ९ देशका खेलाडी सहभागी गराएर रेस्लिङ प्रतियोगिता गर्दैछिन् ।


