अख्यिारका टोलिले पर्यटन मन्त्रालयका उपसचिव नेपाल ६ लाख घुससहित पक्राउ



१७ साउन,काठमाडौं/

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिवस्तरका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाललाई ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । पक्राउ पर्ने नेपालमाथि आवश्यक अनुसन्धान थालिएको अख्यिारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन् ।

विशेष सूचनाको आधारमा नेपाललाई नक्सालको नागपोखरीस्थित आरन्य होटलको कम्पाउन्डबाट घुससहित नियन्त्रणमा लिइएको हो । उनले एक व्यापारीसँग पाराग्लाइडिङ सञ्चालन अनुमति पत्रको लागि घुस लिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्