जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त



१५,साउन ,काठमाडौँ — नेकपा माओवादी केन्द्रका स्थायी सदस्य जनार्दन शर्मा पुनस् अर्थमन्त्री बनेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार साझअर्थमन्त्रीमा नियुक्त गरेका हुन् । शर्माले आइतबार नै राष्ट्रपति भण्डारीबाट सपथ लिएका थिए ।

 

बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका शर्माले असार २२ गते अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । उक्त प्रकरणमा छानबिनका लागि संसदीय विशेष समिति गठन भएपछि उनले राजीनामा दिएका थिए ।गठित छानबिन विशेष समितिले  बजेट निर्माणका बेला अनधिकृत मानिहरु सहभागी नभएको भनि प्रतिवेदन सभामुख समक्ष पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्