अर्थ मन्त्रीमा जनार्दन शर्मा पुनः नियुक्ती गर्ने सरकारको तयारी



१५ साउन, काठमाडौं । अर्थ मन्त्रालयमा पुन जनार्दन शर्मा नियुक्त गर्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।

उनलाई आजै शपथ ग्रहण गराउने तयारी रहेको स्रोतले जनाएको छ । ।आर्थिक वर्ष २०७९८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजीनामा दिएका थिए । तर यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएपछि शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्ती दिने निर्णय भएको हो । प्रतिपक्षि नेकपा एमाले भने प्रतिवेदनप्रति असहमती जनाएको छ । अर्थ मन्त्रालय प्रमाणहरु सवै नष्ट गरेको एमालेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्