खोटाङको केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्पको पराकम्पन



१५ साउन,काठमाडौं
नेपालको पुर्वि भेगमा भुकम्पको धक्का महशुस भएको छ । आज विहान ७ बजेर ४३ मिनेट जाँदा खोटाङको मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभाग अन्तर्गत भूकम्प महाशाखा प्रमुख मोनिका झाले यो खोटाङको मात्तिम बिर्ता केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको बताइन् ।

प्रमुख झाका अनुसार यो गोरखा भूकम्पको पराकम्पन नभई छुट्टै भूकम्प हो ।  खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामासम्म भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण आइनसकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्