इलाममा जीप दुर्घटना हुँदा ११, घाईते ४ को अवश्था चिन्ताजनक
इलाम, साउन ११ गते । ताप्लेजुङको थुम्बेदिनबाट झापा तर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जिप मेचि राजमार्गको इलाम नेपालटार सडक खण्डमा दुर्घटनाहुँदा जिपमा सवार ११ जना घाइते भएका छन् भने ४ को अवश्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण जिप अनियन्त्रित भइ सवारी राजमार्गबाट करिव ३ सय मिटर तल पुवाखोला नजिकै झरेको स्थानीयले बताएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि झापा तर्फ रेफर गरिएको र बाँकी घाइतेहरुलाई इलाम अस्पतालमा उपचार भइरहेको छ ।