अनधिकृत व्यक्ति संलग्न भएको आरोप लागेको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर गरियो
१० साउन, काठमाडौं /
पुर्व अर्थमन्त्री जनार्दन शर्माले बजेट तय गर्ने क्रममा अनधिकृत व्यक्तिलाई संलग्ना गराएको भन्ने आरोप लागेको जेठ १४ गते रातिको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज ‘रिकभर’ गरिएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर भएको विषयमा सिर्जित विवाद उत्कर्षमा पुगेपछि सो विषय अध्ययनको लागि संसदीय छानविन समिति गठन गरिएको थियो । सो दिनको सीसीटीभी फुटेज डिलिट भइसकेको जवाफ मन्त्रालयले दिएपछि सो प्रकरणको छानबिन गर्दै आएको संसदीय विशेष समितिलाई नेपाल प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर बुझाएको छ । एउटा प्याकेजमा २५ वटा र अर्को प्याकेजमा २६ वटा क्लिपहरु प्रहरीले समितिलाई बुझाएको हो ।