बाबुरामले पार्टीको नाम टुंगो लगायो



साउन, ९ काठमाडौं/

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलगिएका जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ पार्टीको नाम नेपाल समाजवादी केन्द्र बनाउने टुंगो लगाएका छन् । नयाँ पार्टीको नाम टुङ्गो लागे पनि सो पार्टीको अध्यक्ष पदको बारे अन्योल छ भने तीन जना अध्यक्ष रहने प्रस्ताव पेश गरिएको जनाइको छ ।

पार्टीका नेता गङ्गा श्रेष्ठका अनुसार नयाँ पार्टीको नाम टुंगो लगाउनुका साथै दीपक लामिछाने अध्यक्ष रहेको समावेशी लोकतान्त्रिक पार्टीलाई संशोधन गरी नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ नाम राखिएको हो ।

सो नाम निर्वाचन आयोगमा समेत पठाइसकिएको र आयोग पनि सो नामप्रति सकारात्मक रहेको जनाएका छन् पार्टी दर्ताको प्रक्रियाका लागि आवश्यक डकुमेन्टहरु संकलनको काम भइरहेको छ । पार्टीको नाम फेरेपछि चुनाव चिन्ह आँखा राखेर नयाँ पार्टी दर्ता गराउने प्रक्रिया लैजाने तयारीमा नेताहरुवीच करिव सहमतीमा पुगेका छन् ।

डा.बाबुराम भट्टराईले कार्यकारी भूमिकामा नरहने भनिसकेपछि अध्यक्ष को रहने बारे पनि पार्टीमा छलफल चलिरहेको छ । बाबुरामले आफू कार्यकारी अध्यक्षमा नबस्ने संघीय परिषद् वा त्यस्तै कुनै पद सृजना गरेर अभिभावकको भूमिकामा रहने बताएपछि पार्टीमा अध्यक्षको खोजी सुरु भएको हो ।

अध्यक्षको टुङ्गो नलागेका कारण नयाँ पार्टीको लागि कार्यसमिति बनाउन ढिलो भइरहेको छ । नेताश्रेष्ठले भने, ‘पार्टीमा अध्यक्ष को रहने र पदाधिकारी कतिजनाको बनाउने टुङ्गो लागेको छैन ।’

 

 

प्रतिक्रिया दिनुहोस्