भ्रष्टाचार गरेको आरोपमा खोटाङका सिडीओ भोजराज खतिवडा निलम्बित



 

काठमाडौँ । गृह मन्त्रालयले खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई निलम्बन गर्ने निर्णय गरिएको छ । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनलाई निलम्बन गर्ने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

खोटाङका सिडीओ भोजराज खतिवडा निलम्बित

ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत हुँदा विद्युत्त लाइन बिस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोपमा आयोगले उनीबिरुद्ध मुद्दा दायर गरेको थियो ।विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई निलम्बनको निर्णय गरिएको गृह प्रवक्ता शर्माले बताए । खतिवडा असार तेस्रो साता प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर खोटाङ गएका थिए ।

प्रजिअ निलम्बनमा परेसँगै सहायक प्रजिअ पवित्र शाहले निमित्त प्रजिअको जिम्मेवारी समालेका जनाईको छ । ।

 

प्रतिक्रिया दिनुहोस्