काठमाडौंको एक गोदाममा प्रहरीको छापा मार्दा १ करोड बढी मूल्यको अवैध सामान बरामद



साउन, ५ /काठमाडौंको चावहिलमा रहेको एक गोदाममा प्रहरीले छापा मार्ने क्रममा १ करोड बढी मूल्यको सामान बरामद भएको छ । छापा मार्दा विभिन्न ब्रान्डका विदेशी चुरोट, गुट्खा, हुक्का फ्लेबर, अक्सिमिटर र पटका लगायत सामान बरामद भएको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए । उनले सामान भन्सार छलेर ल्याइएको पाइएको भन्दै गोदामका मालिक पर्साको प्रसौनी गाउँपालिका १ घर भएर कपन बस्ने ४० वर्षीय छविलाल अगस्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बरामद सामान पटका पनि भएकाले विस्फोटक पदार्थ ऐनसम्बन्धी कसुरमा उनीविरुद्ध मुद्दा चलाइने र बरामद सामान्य राजश्व अनुसन्धान विभागमा पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्