पोखरामा ट्रकको ठक्करबाट स्कुटरमा सवार छात्राको मृत्यु एक गम्भीर घाइते
पोखराको ट्रकको ठक्करबाट एक स्कुटरमा सवार एक जना छात्राको मृत्यु भएको छ।
बिहान करिब ६ बजे बाटो काट्ने क्रममा ना ६ प ४७२५ नं को दश चक्के मालवाहक ट्रकले ग१६प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिदा पोखराको बगालेटोलस्थित हिमाल म्यानेजमेन्ट कलेजको कक्षा ११ मा अध्ययनरत छात्रा वर्ष १८ की अञ्जना पाइजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकले उक्त स्कुटरलाई ठक्कर दिए पछि छात्रा पाइजालाई पछिल्लो चक्काले केही परसम्म घिसारेको देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रबक्ता प्रहरी नायब निरीक्षक शिव पाठकले जानकारी दिएका छन् ।
सई पाठकका अनुसार, पोखरा–१५, नयाँ गाउँस्थित घरबाट क्याम्पस जाने क्रममा दुर्घटना भएको हो । दुर्घटना पश्चात गम्भीर घाइते भएकी पाइजालाई उपचारार्थ गण्डकी मेडिकल लगिएको भएपनि अस्पतालालले उनलाई मृत घोषणा गरेको थियो। उनीसंगै स्कुटरको पछाडी बसेकी छात्रा मिना गुरुङ भने सामान्य घाइते भएकी थिइन् ।
उक्त घटना पश्चात प्रहरीले तनहुँ व्यास नगरपालिका ११ घर भएका ट्रक चालक रबिन श्रेष्ठलाई आबश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।