Nepal Prasashan
गृहपृष्ठ
  • होमपेज
  • समाचार
  • सार्वजनिक प्रशासन
  • राजनीति
  • विचार / अन्तर्वार्ता
  • अर्थ / वाणिज्य
  • खेलकूद
  • मनोरञ्जन
  • विश्व
  • विविध

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन जोड


प्रकाशित मिति: 21 April, 2025 2:14 pm

लुम्बिनी, ८ वैशाखः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या अन्त्यका लागि सबै क्षेत्रबीच सहकार्य जरुरी रहेको बताउनुभएको छ । उहाँले कुपोषणसँगै मातृ मृत्युदर, बाल मृत्युदर र बालविवाहजस्ता समस्या बढ्न्ु हुनु चिन्ताको विषय भएको र सुधारका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । ‘समतामूलक, उत्थानशील तथा दिगो खाद्य प्रणाली उन्मुख नेपाल ः स्वच्छ र पोषणयुक्त खाद्यमा सबैको पहुँच भन्ने मूल नाराका साथ आज प्रदेश राजधानी देउखुरीमा आयोजित खाद्य प्रणाली संवाद कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेशमा नसर्ने रोगको अवस्था बढ्दो रहेको र यसले चिन्ता थपेको भन्दै विषादी प्रयोग नगरीखाद्यान्न तथा तरकारी उत्पादनलाई प्राथमिकता दिन जोड दिनुभयो । उहाँले पोषणयुक्त खानपान र स्वस्थ जीवनशैलीका लागि रैथाने खाद्यान्न बालीमा पोषणको मात्रा अधिक रहेको भन्दै रैथाने बालिको संरक्षण, सम्बद्र्धन र प्रयोगमा आधारित नीति लिनुपर्नेमा जोड दिनुभयो । उहाँले खेती प्रणालीलाई अर्गानिक बनाउनुपर्नेमा पनि जोड दिनुभयो । “रैथाने बालिको संरक्षण, उत्पादन र प्रयोग गर्न सरकारले नीति निर्माण गर्नेछ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “पोषण प्रवद्र्धन एक्लो प्रयासले सम्भव हुँदैन । यसमा तीन तहका सरकार, सामाजिक सङ्घ संस्था र समुदायको सहभागिता आवश्यक छ ।” उहाँले विशेष योजना बनाएर जनताको घरदैलोमा पुग्न जरुरी रहेको र विद्यालय तहमा यसलाई अभियानका रूपमा लैजानुपर्ने उल्लेख गर्नुभयो । मकै, गहुँ, जौँ, फापर, कोदोजस्ता रैथाने बाली ओझेलमा परेको भन्दै संरक्षण, प्रवद्र्धन र प्रयोगमा आधारित नीति आवश्यक भएको धारणा उहाँले राख्नुभयो । पूर्वस्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थीले विषाक्त खाद्यले मानव स्वास्थ्यमा समस्या उत्पन्न गराएको उल्लेख गर्दै पोषणयुक्त खानाको मात्रा सुनिश्चित गर्नुपर्ने बताउनुभयो । लुम्बिनी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उपसचिव घनश्याम चौधरीले प्रदेश खाद्यान्न, माछा, मासु र दूधमा आत्मनिर्भर भए पनि अन्य क्षेत्रमा अझ सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार लुम्बिनीमा पुड्कोपनाको अवस्था २५ प्रतिशत, ख्याउटेपना १६ प्रतिशत, कमतौल २३ प्रतिशत तथा पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पता ४९ प्रतिशत रहेको छ । प्रजनन उमेर (१५–४९ वर्ष) समूहका महिलामा पनि ४४ प्रतिशतमा रक्तअल्पता देखिएको छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका शाखा अधिकृत चन्द्रप्रकाश बस्नेतले नेपाल विश्व खाद्य जोखिम सूचकाङ्कमा १२औँं स्थानमा रहेको बताउनुभयो । उहाँका अनुसार हाल जनसङख्याको ५७ प्रतिशतमा मात्र खाद्य सुरक्षाको अवस्था पुगेको छ । विश्व स्वास्थ्य संगठनका देशीय निर्देशक शकिब नबी, जिल्ला समन्वय समिति महासङ्घ लुम्बिनीका अध्यक्ष द्रोण खत्रीले गाउँपालिका महासङ्घका सदस्य भक्तबहादुर जिसीले पोषण सुधारका लागि सरकारी तथा गैरसरकारी सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो । –––

प्रतिक्रिया दिनुहोस्
संबन्धित समाचार
अमेरिका सम्भावनाको भूमि हो, तर योजनाविनाको गन्तव्य होइन : नन्दी ढकाल

  अमेरिकाको उद्यमशीलता ‘इकोसिस्टम’ले पनि मलाई लोभ्याएको हो। नवप्रवर्तन             

लाहुरे, ब्यापारीहुँदै सामाज सेवामा वीरदल नेम्बाङ

 यमुना सुुब्बा सुदूर पूर्वको पाँचथर जिल्लामा जन्मनु भएका वीरदल नेम्बाङको पछिल्लो         

खेलाडीलाई खेलकुदमन्त्री बनाउँदामात्र खेलकुदको समुचित विकास हुन्छ : तेक्वानदो खेलाडी करनबहादुर चन्द

पछिल्लो समय खेलकुद क्षेत्र विवादका कारण सर्वत्र आलोचित छ । राजनीतिक दलको भागबण्डामा खेलकुदमन्त्री र

‘पालिकाको विकास र निर्माणका काममा एमाले–माओवादीले राम्रो साथ दिएका छन्’: कुलुङ

सूर्य कुलुङ सोलुखम्बु  जिल्लाको महाकुलुङ गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ  । स्थानीय विद्यालयमा प्राथमिकसम्मको शिक्षा र त्यसपछि

Nepal Prasashan
ताजा अपडेट
अमेरिका सम्भावनाको भूमि हो, तर योजनाविनाको गन्तव्य होइन : नन्दी ढकाल

  अमेरिकाको उद्यमशीलता ‘इकोसिस्टम’ले पनि मलाई लोभ्याएको हो। नवप्रवर्तन             

लाहुरे, ब्यापारीहुँदै सामाज सेवामा वीरदल नेम्बाङ

 यमुना सुुब्बा सुदूर पूर्वको पाँचथर जिल्लामा जन्मनु भएका वीरदल नेम्बाङको पछिल्लो         

खेलाडीलाई खेलकुदमन्त्री बनाउँदामात्र खेलकुदको समुचित विकास हुन्छ : तेक्वानदो खेलाडी करनबहादुर चन्द

पछिल्लो समय खेलकुद क्षेत्र विवादका कारण सर्वत्र आलोचित छ । राजनीतिक दलको भागबण्डामा खेलकुदमन्त्री र

कञ्चनजंघा न्युज नेटवर्क प्रा.लि. द्वारा सन्चालित

सुचना बिभाग दर्ता नं. :- 2699/2077-2078

  • अनामनगर,काठमाडौं
  • 9851147337
  • nepalad2078@gmail.com



  • संरक्षक :
    अम्बादत्त भट्ट
  • अध्यक्ष तथा सम्पादक:
    बिए.म लिम्बु
  • सह- सम्पादक
    भक्त पयाङगु
  • बजार व्यवस्थापक:
    यमुना सुब्बा



Nepal Prasashan
©2026 Nepal Prasashan सर्वाधिकार सुरक्षित
Web Design By Bikashsoft Technology