७० दिन पछि संघीय संसदको हिउदे अधिबेशन अन्त्य



काठमाडौँ । गत माघ २२ गते देखि शुरु भएको संघीय संसदको हिउदे अधिवेसन७० दिन पछि आज अन्त्य भएको छ । सभामुख देवराज घिमिरेले आज बसेको बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउदै अधिवेशन अन्त्य भएको जानकारी दिए । चालु रहेको यो अधिवेसन २३ पटक बसेको बैठक ८१ घण्टा र ५५ मिनेटसम्म बसेको सभामुख घिमिरेबाट प्रस्तुत पत्रमा उल्लेख छ । यस अधिवेशनमा जम्मा तीन विधेयक पारित भएको घिमिरेले जानकारी दिएका छन् ।

सभामुख घिमिरेले कानून निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मकरुपमा अघिल्ला अधिवेशनहरुभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको भएपनि प्रर्याप्य हुन नसकेको भनि स्वीकार गरेका छन् ।

उनले राजनीतिक दलहरुबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका कारण आगामी अधिवेशनहरु अझै प्रभावकारी र परिणाममुखी बनाउन सवै दल गम्भीर हुन अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्