जनताका असन्तुष्टि सम्बोधन गर्न शान्तिपूर्ण अभियानको लागि तयार रहन रवि लामिछानेको आह्वान




काठमाडौँ, १८ चैत: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेले जनताका असन्तुष्टिलाई सम्बोधन गर्न शान्तिपूर्ण अभियानको लागि पार्टीका कार्यकर्तालाई तयार हुन आह्वान गर्नुभएको छ।आज पार्टीको केन्द्रीय समितिको बैठक बस्नुअघि पार्टी कार्यालय चमतिमा शुभेच्छुक र कार्यकर्ताहरूसँग संवाद गर्दै, लामिछानेले आफू आजदेखि सभापतिको नेतृत्वमा फर्किन लागेको जानकारी दिनुभयो। उहाँले भने, “जनतामा रहेको आक्रोशलाई सम्बोधन गर्न हामी तयार हुनुपर्छ, कसैलाई गाली गरेर, होच्याएर केही हुनेवाला छैन। शान्तिपूर्ण अभियान मर्न दिनु हुँदैन।”

लामिछानेको नेतृत्वमा पार्टीको गतिविधिमा पुनः सक्रियता ल्याउनका लागि यो आह्वान गरिएको हो। सहकारी ठगी प्रकरणमा मुद्दा दायर हुनुअघि लामिछानेले पार्टीका गतिविधिबाट केही समयका लागि अलग हुनु परेको थियो। त्यसपछिको समय अवधिमा डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो।

आजको पहिलो बैठकमा कार्यवाहक सभापति अर्यालले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने, दोस्रो बैठक लामिछानेको सभापतित्वमा बस्ने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्