Nepal Prasashan
गृहपृष्ठ
  • होमपेज
  • समाचार
  • सार्वजनिक प्रशासन
  • राजनीति
  • विचार / अन्तर्वार्ता
  • अर्थ / वाणिज्य
  • खेलकूद
  • मनोरञ्जन
  • विश्व
  • विविध

ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको छ : सभापति देउवा

प्रकाशित मिति: 31 March, 2025 9:01 am

काठमाडौँ, १८ चैत : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ईद–उल–फित्रले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको बताउनुभएको छ । सभापति देउवाले आज ईद–उल–फित्रका अवसरमा शुभकामना सन्देश दिँदै ईद पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको र यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रितिरिवाज र चाडपर्व रहेको बताउनुभयो । “विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान हो, यी प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ, त्यस मध्ये ईद–उल–फित्र पर्व पनि एक महत्वपूर्ण पर्व हो”, सभापति देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ । सभापति देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ईद–उल–फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना (ईद मुवारक) व्यक्त गर्नुभएको छ । –––

प्रतिक्रिया दिनुहोस्
संबन्धित समाचार
अमेरिका सम्भावनाको भूमि हो, तर योजनाविनाको गन्तव्य होइन : नन्दी ढकाल

  अमेरिकाको उद्यमशीलता ‘इकोसिस्टम’ले पनि मलाई लोभ्याएको हो। नवप्रवर्तन             

लाहुरे, ब्यापारीहुँदै सामाज सेवामा वीरदल नेम्बाङ

 यमुना सुुब्बा सुदूर पूर्वको पाँचथर जिल्लामा जन्मनु भएका वीरदल नेम्बाङको पछिल्लो         

खेलाडीलाई खेलकुदमन्त्री बनाउँदामात्र खेलकुदको समुचित विकास हुन्छ : तेक्वानदो खेलाडी करनबहादुर चन्द

पछिल्लो समय खेलकुद क्षेत्र विवादका कारण सर्वत्र आलोचित छ । राजनीतिक दलको भागबण्डामा खेलकुदमन्त्री र

‘पालिकाको विकास र निर्माणका काममा एमाले–माओवादीले राम्रो साथ दिएका छन्’: कुलुङ

सूर्य कुलुङ सोलुखम्बु  जिल्लाको महाकुलुङ गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ  । स्थानीय विद्यालयमा प्राथमिकसम्मको शिक्षा र त्यसपछि

Nepal Prasashan
ताजा अपडेट
अमेरिका सम्भावनाको भूमि हो, तर योजनाविनाको गन्तव्य होइन : नन्दी ढकाल

  अमेरिकाको उद्यमशीलता ‘इकोसिस्टम’ले पनि मलाई लोभ्याएको हो। नवप्रवर्तन             

लाहुरे, ब्यापारीहुँदै सामाज सेवामा वीरदल नेम्बाङ

 यमुना सुुब्बा सुदूर पूर्वको पाँचथर जिल्लामा जन्मनु भएका वीरदल नेम्बाङको पछिल्लो         

खेलाडीलाई खेलकुदमन्त्री बनाउँदामात्र खेलकुदको समुचित विकास हुन्छ : तेक्वानदो खेलाडी करनबहादुर चन्द

पछिल्लो समय खेलकुद क्षेत्र विवादका कारण सर्वत्र आलोचित छ । राजनीतिक दलको भागबण्डामा खेलकुदमन्त्री र

कञ्चनजंघा न्युज नेटवर्क प्रा.लि. द्वारा सन्चालित

सुचना बिभाग दर्ता नं. :- 2699/2077-2078

  • अनामनगर,काठमाडौं
  • 9851147337
  • nepalad2078@gmail.com

  • संरक्षक :
    अम्बादत्त भट्ट
  • अध्यक्ष तथा सम्पादक:
    बिए.म लिम्बु
  • सह- सम्पादक
    भक्त पयाङगु
  • बजार व्यवस्थापक:
    यमुना सुब्बा

Nepal Prasashan
©2026 Nepal Prasashan सर्वाधिकार सुरक्षित
Web Design By Bikashsoft Technology