सर्वोच्च अदालतले ताप्लेजुङको मुक्कुमलुङमा निर्माणाधीन केबलकार यथास्थितिमा राख्न आदेश



सर्वोच्च अदालतले ताप्लेजुङको मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकार यथास्थितिमा राख्न आदेश दिएको छ। यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले हाल भइरहेको निर्माण कार्यलाई तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको हो।

सोमबार जारी आदेशमा अदालतले केबलकार परियोजनासँग सम्बन्धित दुवै पक्षलाई आगामी २६ चैतमा छलफलका लागि उपस्थित हुन निर्देशन दिएको छ। सो दिन हुने बहसपछि अन्तरिम आदेश निरन्तर रहने वा खारेज गरिने भन्ने विषयमा अदालतले थप निर्णय गर्नेछ।ताप्लेजुङको मुक्कुमलुङ क्षेत्रमा निर्माण भइरहेको उक्त केबलकार परियोजना केही समययता विवादमा परेको थियो। स्थानीय समुदाय तथा सरोकारवालाबीच विभिन्न विषयमा मतभेद देखिएपछि कानुनी प्रक्रिया अघि बढाइएको हो। अदालतको आदेशपछि परियोजना हाललाई स्थगित रहने भएको छ।

प्रतिक्रिया दिनुहोस्