राजावादी आन्दोलनको आगलागीमा परी ज्यान गुमाउनेको सनाखत: एभिन्युज टिभीका क्यामेरापर्सन सुरेश रजक



काठमाडौँ — तीनकुनेमा भइरहेको राजावादी आन्दोलनको रिपोर्टिङकै क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको दुःखद निधन भएको छ। आन्दोलनका क्रममा भड्किएको आगलागीमा परेर उनको ज्यान गएको हो।

रजक आन्दोलन स्थलनजिकै रहेको एक भवनको छतमा बसेर आफ्नो रिपोर्टिङ कार्यमा खटिएका थिए। तर, प्रदर्शनकारीहरूले आगजनी गरेपछि भवनमा आगो फैलियो, जसबाट उनी जोगिन सकेनन्। केही मिनेट अगाडिसम्म सोही भवनमा रहेका उनका सहकर्मीहरू भने भाग्न सफल भएका थिए।

प्रतिक्रिया दिनुहोस्