नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान आउट , शाक्य इन
काठमाडौं —सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई पदमुक्त गरेको छ । सरकारले कुलमानको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी एक मन्त्रीका अनुसार सरकारले विगतमा पनि शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। तर, पछि उनलाई हटाई पुनः घिसिङलाई नियुक्त गरिएको थियो।

२०७८ साउन २५ गते मन्त्रिपरिषद्को निर्णयअनुसार घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए। उनको कार्यकाल २०८२ साउन २४ सम्मका लागि तय गरिएको थियो।गत बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषद्को फागुन २१ गतेको निर्णयअनुसार घिसिङलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको थियो। मन्त्रालयले करार सम्झौताअन्तर्गत दफा १०।३ को अवस्था सिर्जना भएकाले सोही दफाअनुसार नियुक्ति रद्द किन नगर्ने भन्ने प्रश्न उठाएको थियो।
यस सम्बन्धमा घिसिङले कार्यसम्पादन सम्झौताअनुसार निर्धारण गरिएको लक्ष्य हासिल भएको जनाउँदै स्पष्टीकरण पेस गरेका थिए। उनका अनुसार आर्थिक वर्ष २०७८र७९ र २०७९र८० को मूल्यांकनमा उनले क्रमशः ९४।२३ र ९८।९४ अंक प्राप्त गरेका थिए। प्राधिकरण र उर्जा मन्त्रालयवीच लामो रस्साकस्सीपछि कुलमान हटाउने सरकारको निर्णयसँगै जनआक्रोस चुलिँदो छ । -फोटो ः क्लीमाण्डू

