यसअघि, स्ववियू चुनावमा अखिलको दबदबा देखिएको थियो। तर यस पटक नेविसंघ पहिलो स्थानमा उक्लिन सफल भएको छ



त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनावमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) अग्रस्थानमा रहेको छ।

नेविसंघले १०९ क्याम्पसमा नेतृत्व हासिल गरेको छ, जबकि एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल) ९१ क्याम्पसमा विजयी भएको छ। त्यस्तै, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ८३ क्याम्पसमा नेतृत्व पाउन सफल भएको छ।

यसअघि, स्ववियू चुनावमा अखिलको दबदबा देखिएको थियो। तर यस पटक नेविसंघ पहिलो स्थानमा उक्लिन सफल भएको छ भने अखिल क्रान्तिकारीले उल्लेखनीय प्रगति गरेको छ। केही क्याम्पसहरूमा स्वतन्त्र उम्मेदवारहरूले पनि जित हात पारेका छन्।

प्रतिक्रिया दिनुहोस्