माध्यमिक शिक्षा परीक्षा बिहान ८ बजेबाट सुरु भएको छ।
माध्यमिक शिक्षा परीक्षा बिहान ८ बजेबाट सुरु भएको छ।
पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना, तथा मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन भइरहेको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार यस वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थी परीक्षामा सहभागी भएका छन्। गत वर्ष २०८० को परीक्षामा ४ लाख ६४ हजार ७८५ विद्यार्थी सहभागी भएका थिए, जसअनुसार यस वर्ष परीक्षार्थीको सङ्ख्या ४९ हजार २८६ ले वृद्धि भएको छ।