त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन



त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन भइरहेको छ। त्रिविका ६२ आंगिक र १,४०० भन्दा बढी सम्बन्धनप्राप्त क्याम्पसमध्ये करिब ३०० क्याम्पसमा निर्वाचन सम्पन्न भइरहेको छ।

राजधानीका प्रमुख क्याम्पसहरू, जस्तै पाटन बहुमुखी क्याम्पस, सानोठिमी बहुमुखी क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, महाराजगन्ज नर्सिङ क्याम्पस, नेपाल कमर्स क्याम्पस, आयुर्वेद क्याम्पस, जनप्रशासन क्याम्पस, तथा ललितकला क्याम्पसमा समेत निर्वाचन जारी छ।

तर, ६२ आंगिक क्याम्पसहरूमध्ये ४६ वटा क्याम्पसमा मात्रै मतदान भइरहेको छ। ठूला क्याम्पसहरूमा भने तालाबन्दीका कारण निर्वाचन प्रभावित भएको छ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, आरआर क्याम्पस, शंकरदेव क्याम्पस, रत्नराज्य क्याम्पस, नेपाल ल क्याम्पस, विश्वभाषा क्याम्पस, पब्लिक युथ क्याम्पस, सरस्वती क्याम्पस, तथा अमृत साइन्स क्याम्पसमा चुनाव प्रक्रिया अवरुद्ध भएको छ।

प्रतिक्रिया दिनुहोस्