सुन प्रकरण ः छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पुर्व सभामुख कृष्णबहादुर महरालाई सुन तस्करीको आरोपमा कारवाही गर्न सिफारिस,
२ चैत, काठमाडौं ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । आयोगले अनुसन्धान प्रक्रियामा लापरवाही गरेको आरोपमा नेपाल प्रहरीका एआइजी किरण बर्जच्रायलाई विभागिय कारवाहीका लागि सिफारिस गरेको छ ।गृह मन्त्रालय उच्च स्रोतका अनुसार, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन र बज्राचार्यलाई विभागिय कारवाहीको लागि सिफारिस गरेको हो ।महराको छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार प्रतिवेदन बुझ्दै यसमा समावेश विषयहरु कार्यान्वयन प्रतिबद्दता व्यक्त गरेका छन् ।आयोगले पुर्व सभाभुख तथा माओवादी नेता महरासँग यस्र प्रकरणम बयानसमेत लिएको थियो ।