रुख फडानी गर्न मुकुम्लुङ पाथीभरामा पुग्यो सशस्त्र प्रहरी , बन्दुकबाट दमन गर्न खोजिए बन्दुकबाटै जवाफ दिने संघर्ष समितिद्धारा चेतावनी
३० फाल्गुण २०८०
मुकुम्लुमङ पाथीभरा क्षेत्रमा केवलकार सञ्चालन गर्ने परियोजना सञ्चालनका लागि सशस्त्र क्रयाम्प खडा गरी रुख कटानको तयारी मुक्कुमलुङ संरक्षण सङघर्ष समितिले विफल बनाएका छन् । स्थानीय समुदायको भावनाविपरीत केबलकार सञ्चालन गर्न नहुने भन्दै निरन्तर विरोध गरिरहेका संघर्ष समितिले गएराती सशस्त्रको प्रहरीका टोलीलाई रुख कटानमा अवरोध गरेका हुन् ।
पाथीभरा देवि दर्शन प्रा.लि. नामक कम्पनीबाट केवलकार सञ्चालनले स्थानीय समुदायको मुन्धुमी आध्यात्मिक आश्थामाथिको हस्तक्षेप,साँस्कृतिक अतिक्रमण,जैविक विविधताप्रति प्रतिकुल असर भई पर्यावरणीय क्षेत्रमा गम्भीर असर पूग्ने र स्थानीय निम्न समुदायको रोजीरोटी खोसिने सङघर्ष समितिको ठहर छ । बल प्रयोगबाट अमुक् व्यापारीले मुनाफा कमाउने उदेश्यले केबलकार सञ्चालन गर्ने दुश्साहस गरिएकाले परिणाम ठीक नहुने संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बुले बताए । ‘कुनै मूल्यमा पनि केवलकार सञ्चालन गर्न दिने पक्षमा छैनौं,’फेम्बुले भने,‘हाम्रो शान्ति पूर्ण आन्दोलन र जायज मागप्रति राज्यले बन्दुकको बलमा दमन गर्ने दुश्साहस गर्छ भने हामीले पनि बन्दुकबाटै जवाफ दिन नपरोस् भन्नेमा छौं । ’
विकासका नाममा मुक्कुमलुङ जस्तो पवित्र भूमिमा व्यापारिक घरानाका आइएमइ ग्रुपका मालिक चन्द्र ढकालले स्थानीय जिल्लादेखि केन्द्रका नेता,प्रशासन सवै आर्थिक प्रलोभनमा पारेर मुक्कुमलुङ केवलकारविरुद्धको आन्दोलन चरम अवश्थामा पुग्दा पनि मौनता साँधेर वसेका संघर्ष समितिको आरोप छ । आज काठमाण्डौं लगायत पुर्वका विभिन्न ठाउँमा मुक्कुमलुङ संरक्षण समितिबाट केबलकार सञ्चालनलविरुद्धका जनप्रदर्शन कार्यक्रम रहेको समितिले जनाएको छ ।
केवलकारको सुरुवात नै कालो कर्तुतबाट भएकाले यो राम्रो नियतले केवलकार सञ्चालन नभएको आन्दोलनकारीहरुको भनाई छ । मुक्कुमलुङ पाथीभराको तल्लो फेदीमा केवलकारको ‘बेस स्टेशन’ बनाउन किनिएको जग्गा असामान्य मूल्यमा खरीद भएको पाइएको छ ।
केवलकार सञ्चालनका लागि फुङलिङ नगरपालिका(११ को काफ्ले पाटीमा ३० हजार रुपैयाँ रोपनी न्यूनतम मूल्य तोकिएको र त्यहाँको हालको बजारमूल्य ९० हजार रुपैयाँ पर्ने जग्गा ९० लाख रुपैयाँप्रति रोपनीका दरले खरीद गरेको भेटिएको हो । केवलकार सञ्चालक ढकालद्धारा जनसमर्थन जुटाउन सांसद ,स्थानीय नेता तथा वुद्दिजिवीलाई करोडौं खर्च गरेर हातमा लिएको आशंका छ । ढकाल आफैमा न्वारानदेखिको बल लगाएर राज्य शक्तिको दुरुपयोग गरेर दिन दुई गुणा रात चौगुणा घराना धनाड्य कहलिएका पात्र हुन् । ढकाल वर्तमान उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष समेत हुन् । यिनै शक्तीका आडमा बल प्रयोगबाट भएपनि केवलकार सञ्चालन गर्ने पक्षमा छन् उनी। आन्दोलनकारी भने मृत्यु स्वीकार्न तयार तर केवलकार सञ्चालन कुनै मूल्यमा स्वीकार्य नहुनेभन्दै बारम्बार संघर्ष समितिले चेतावनाी समेत दिँदै आएको छ ।