व्यवस्था बदलियो, अवस्था परिवर्तनको अनुभूति शून्य: युवाजनमत समाजवादी कि पुँजीवादी कित्तामा?
अम्बादत्त भट्ट (लेखक नेराकसका केन्द्रीय अध्यक्ष हुनुहुन्छ )
नेपालले पटक–पटक राजनीतिक परिवर्तनका लहरहरू देखेको छ, तर परिवर्तनको सार्थक अनुभूति जनताले कत्तिको गरेका छन् ? सामाजिक-आर्थिक स्तरमा सुधार नआउँदा जनता निराश, आक्रोशित, र प्रश्नार्थ बनेका छन्। विशेष गरी युवा पुस्ता अब निष्क्रिय दर्शक मात्र बस्न चाहँदैन, बरु निर्णय प्रक्रियामा हस्तक्षेप गर्ने मुडमा देखिन्छ।
देशको वर्तमान परिस्थितिले राजनीतिक धारहरूको पुनर्संरचनाको संकेत गरिरहेको छ। समाजवादी धारहरू आपसी टकरावको शिकार भइरहँदा पूँजीवादी धारा र पुनरुत्थानवादी शक्तिहरूबीच सम्भावित गठजोडको संकेत देखिथालेको छ। यस्तोअवस्थामा प्रश्न उब्जिएको छ— नेपालले कुन आर्थिक मार्ग अवलम्बन गर्ने? नेपाली अर्थतन्त्रलाई समाजवादी सिद्धान्त अनुरूप आत्मनिर्भर बनाउने कि पूँजीवादी मोडेललाई नै स्वीकार्दै जाने? निर्णायक प्रश्नहरू: नेपाली समाजवादको बाटो या पूँजीवादी घेराबन्दी सवालमा निम्नानुसार छन् : १. आत्मनिर्भर अर्थतन्त्रकाे पहिलाे शर्त खाने , लाउने , वस्ने , शिक्षा र स्वास्थ्य उपचार पुर्णत: राज्यकाे दायित्व हुने सम्वैधानिक नागरिक हक कार्यान्वयन कार्ययाेजना ल्याउने कि व्यापारीक घरनालाइ सुम्पिएर समाजवादीहरु रमिते वन्ने ? २. छरिएर रहेकाे स सानाे पुजीलाई राष्ट्रिय उत्पादनकाे साझेदार वनाएर खाने , लाउने , वस्ने , शिक्षा र स्वास्थ्य उपचार लगायतका आधारभुत वस्तुमा आत्मनिर्भर वन्न आम नागरिकलाइ साझेदार वनाउने कि विदेशी अनुदान/ ऋण ताकेर सिमित व्यक्तिलाइ धनी वनाउने ? ३.२००७ साल देखि हाल सम्म गरिबी , शिक्षा , वेराेजगारी , स्वास्थ्य , धर्म प्रचार , संस्कृति , विकास निर्माण लगायत विभिन्न नाममा अनाैपचारिक रुपमा भित्रीएकाे वैदेशिक अनुदानरुपी हरियाे काक्राे राषीकाे स्वतन्त्र अनुसन्धान गरेर उक्त धनराषिकाे परिणाम विश्लेषण सहितकाे निश्कर्षमा पुग्ने कि खैराे सुचीमा परेकाे वा पारेकाे वहाना वनाएर एकअर्कालाइ दाेषाराेपण गरि दन्तवझान गर्ने? ४. वार्षिक रुपमा राष्ट्रिय उत्पादनवाट आयात घटाउन सकिने कृषि उपजवालिकाे अध्ययन विश्लेषण गरेर स्वदेशी ऋण कृषि उत्पादन वढाउन परिचालन गर्ने कि खाद्यवस्तु किन्न अनुदानकाे भिख माग्ने ?
५. राष्ट्रिय श्राेत साधनमा आधारित कच्चा पदार्थ सुहाउदाे प्रविधि आयातमा आधारित उद्याेग स्थापना , संचालन र उपभाेगमा सरकार , राष्ट्रिय पुजीपति र हरेकजनताकाे संयुक्त साँझेदरी सहितकाे नेपाली उत्पादन प्रणाली विकास गर्ने कि कमिसनखाेर वैदेशिक अनुदानकाे परचक्री गलपासाे ? ६) सुशासनकाे वाधक खरवाैकाे वक्याैता कर असुलगर्ने , नीतिगत भ्रस्टाचारकाे नीतिगत अन्त्य गर्ने , घुषखाेरीलाई निरुत्साहित गर्ने अभियान सञ्चालन गर्ने कि अख्तियार, न्यायपालिका , राजश्व अनुसन्धान , प्रहरी अनुसन्धान लगायतका नियामक निकायलाई राजनीतिक प्रतिशाेध साध्ने हतियार वनाउने ?
“२००७ साल देखि हाल सम्म गरिबी , शिक्षा , वेराेजगारी , स्वास्थ्य , धर्म प्रचार , संस्कृति , विकास निर्माण लगायत विभिन्न नाममा अनाैपचारिक रुपमा भित्रीएकाे वैदेशिक अनुदानरुपी हरियाे काक्राे राषीकाे स्वतन्त्र अनुसन्धान गरेर उक्त धनराषिकाे परिणाम विश्लेषण सहितकाे निश्कर्षमा पुग्ने कि खैराे सुचीमा परेकाे वा पारेकाे वहाना वनाएर एकअर्कालाइ दाेषाराेपण गरि दन्तवझान गर्ने?”
७. २००७ साल देखि हालसम्म राष्ट्रकाे उच्च ओहदामा काम गरेका राष्ट्रसेवक , जनप्रतिनिधि , उद्याेगी , व्यापारी लगायत आर्थिक नीति निर्माण र कार्यान्वयनकाे नेत्रृत्वदायी भुमिकामा रहेका व्यक्तिहरुकाे आर्थिक आय आर्जन र लगानीकाे क्षेत्र अध्ययन अनुसन्धान गरि नेपाली अर्थव्यवस्थाकाे वास्तविक अवस्था र आर्थिक अपचलनप्रवृतिकाे अनुसन्धानआफै वाट सुरु गर्ने घाेषणा गरि समस्या पहिचान र समाधानका उपाय खाेज्न ” राष्ट्रिय आर्थिक अवस्था जाचवुझ आयाेग” वनाउने कि जिवनपर्यन्त एक आपसमा भ्रस्टाचारी करार गर्दै दिवंगत हुदा श्रद्धाञ्जली शहित महिमामण्डनरुपी गाेहीकाे आँसु झार्ने ? ८.उल्लेखित आत्मनिर्भर राष्ट्रिय अर्थव्यवस्था विश्लेषण गर्दै राष्ट्रिय मार्गचित्र सहित सम्विधान संशाेधनकाे मार्गवाट शासकीय स्वरुप, नेपाली विशेषताकाे आर्थिक प्रणाली , नियामक सम्वैधानिक अंगहरु गठन तथा संचालन प्रणालीकाे प्रस्ताव सहित जनतामा जाने कि हुलवाधेर वर्षेनी श्राद्ध गर्दै आइरहेका पित्रिहरुलाइ जिवित तुल्याउने कर्मकाण्डरुपी नगरा अनन्तकाल सम्म वजाइ रहने ?
९. फैसला गर्न विलम्व हुँदै छ ? युवा जनमत चलायमान हुँदै छ? जन आक्राेस वढ्दै छ ? पुनरउत्थानवादी शक्ति संचय हुँदै छ? पुजीवादी धार र पुनरउत्थानवादीधार गठजाेडकाे संकेत देखिदै छ ? समाजवादी धारहरुमा एक अर्कालाइ लल्कार्ने क्रम तिव्र गतिमा वढ्दाे छ । निष्कर्ष: अबको सवाल केबल बहस र वादविवादको होइन, स्पष्ट निर्णयको हो। नेपाली अर्थतन्त्र र शासन प्रणालीको भविष्य समाजवादी धारको पुनर्गठनमा निर्भर छ। यो धार विशाल रुपले अगाडि बढ्ने कि खण्डित भएर अस्ताउने? यो निर्णय अब युगीन चेतका संवाहक युवा र वर्तमान अगुवा नेतृत्वको काँधमा छ।