पाँचथर समाजको पाँचौं अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको पदबहाली, भवन निर्माण अभियानको थालनी
पाँचथर समाजको पाँचौं अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले बुधबार पदभार ग्रहण गरेको छ। हालै निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका सदस्य हेटनारायण रम्तेलले नव-निर्वाचित पदाधिकारीहरूलाई सपथ ग्रहण गराए।
अधिवेशनले लक्ष्मीराज तावाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको थियो। कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष भूमिका सुब्बा, उपाध्यक्षहरू सुनिता कुरुङमाङ, वाशुदेव अधिकारी, देवी काफ्ले, शान्ता बास्कोटा, दिलिप आङ्बो, महासचिव हर्क दाहाल, सचिवहरू खिम सेलिङ र रामकाजी बान्तवा, कोषाध्यक्ष निशा तुम्बापो सेन्दाङ, सह-कोषाध्यक्ष कमलचन्द्र तामाङ निर्वाचित भएका छन्। यस्तै, समितिको पहिलो बैठकले भवन निर्माण, अनुशासन, सांस्कृतिक, विपद् व्यवस्थापन, प्रचार-प्रसार, संगठन, आर्थिक तथा विदेश विभागसहित आठ वटा विभाग गठन गरेको छ। समाजले संरक्षक तथा सल्लाहकार समिति पनि गठन गरेको छ, जसमा पूर्वमन्त्री तथा सांसद बसन्तकुमार नेम्बाङ, संविधानसभा सदस्य भिष्मराज आङदेम्बे, प्राज्ञ तिलविक्रम नेम्बाङ (वैरागी काँइला) लगायत वरिष्ठ व्यक्तित्वहरू छन्।
भवन निर्माणका लागि आर्थिक अभियान सुरु ; अध्यक्ष लक्ष्मीराज तावाले समाजको नेतृत्वकालमै राजधानीमा जग्गा खरिद गरी भवन निर्माण गर्ने योजना अघि बढाइएको बताएका छन्। भवन निर्माण समितिमा १०० भन्दा बढी सदस्य रहनेछ, जसका लागि पाँचथरबाट राजधानी आएका विभिन्न पेशामा आबद्ध व्यक्तिहरूलाई आर्थिक सहयोग गर्न अपिल गरिएको छ। साथै, विदेशमा रहेका पाँचथरेलाई पनि सहयोग गर्न आग्रह गरिएको छ।
अन्तर्राष्ट्रिय समन्वय समिति गठनको तयारी ; समाजको विधानअनुसार अन्तर्राष्ट्रिय समन्वय समिति रहने व्यवस्था छ। नयाँ नेतृत्वले चाँडै नै अन्तर्राष्ट्रिय समन्वय समिति पुनर्गठन गर्ने योजना बनाएको छ, जसले विदेशस्थित पाँचथरे समुदायलाई अझ सशक्त रूपमा जोड्ने लक्ष्य राखेको छ।समाजले राजधानीमा जग्गा खरिद गरी भवन निर्माण गर्ने निर्णय गरेको छ र यसका लागि राजधानीमा रहेका पाँचथरे समुदाय तथा विदेशमा बस्ने नेपालीहरूलाई आर्थिक सहयोग गर्न आह्वान गरिएको छ। विधानअनुसार, समाजमा अन्तर्राष्ट्रिय समन्वय समिति रहने व्यवस्था भएकाले नयाँ नेतृत्वले चाँडै यसलाई पुनर्गठन गर्ने योजना बनाएको छ।