नयाँ सत्ता गठबन्धनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले लिए सपथ,यादवसहित ४ उपप्रधानमन्त्री ,मन्त्रीपरिषदको सङख्या २२ पुग्यो
फाल्गुन २७, २०८०
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई पद तथा गोपनियताका सपथ लिएका छन् । उनीसहित वन तथा वातावरणमन्त्रीमा नवलकिशोर साह सुडीलाईसमेत सपथ गराएका छन् । यादवसँगै अब मन्त्रीपरिषदमा उपप्रधानमन्त्रीको संख्या ४ पुगेको छ ।
नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री र मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् ।राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित समारोहमा उनीहरुलाई राष्ट्रपति पौडेलले सपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।यादव र शाहको नियुक्तीसँगै मन्त्रीपरिषदको सङख्या २२ पुगेको छ । हेर्नूहोस मन्त्रीपरिषदको सूची तल ।