रेशमलाल चौधरीलाई नागरिक उन्मुक्ती पार्टीको अध्यक्ष बन्न निर्वाचन आयोग बन्यो बाधक



२४ फागुन, काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्ती पार्टीका अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा दिएको निवदेन अस्वीकार गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीको गत २७ पुसमा कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेपछि पाटीैले आफनेो दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा यहिँ माघ २९ गते निवेदन दिएको थियो । उक्त निवेदनमाथि निर्वाचन आयोगले बिहीबार निर्णय दिँदै उनलाई (नाउपा)को अध्यक्षमा मान्यता नदिएको हो । राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार नाउपाको निर्वाचन आयोगमा यसअघि रहेको अभिलेख अद्यावधिक हुन नसक्ने निर्णयअनुसार रेशम चौधरीलाई आयोगलाई स्वीकारोक्ती नदिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।उनले निर्वाचन आयोगमा दलको अभिलेख अद्यावधिक गर्न दिएको निवेदनविरुद्ध दुईवटा उजुरीसमेत परेका थिए । त्यसमा चौधरी ज्यान मुद्दामा दोषी ठहर भई राष्ट्रपतिबाट कैद छुट पाएका व्यक्ति हुनाले दलको अध्यक्ष बन्नु कानुन विपरीत भएको भन्ने आरोप छ । यस विषयमा उजुरी परेपछि आयोगले जवाफ मागेको थियो । आयोगको अभिलेखमा नाउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्