चाँदनी यादव हत्या प्रकरण
प्रकाशित मिति:
6 March, 2025 11:51 am
मोरङको विराटनगरमा खाल्डोमा गाडिएको अवस्थामा फेला परेकी भारत छपरा जिल्लाकी १४ वर्षीया चाँदनी यादवको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा अदालतले उनकी आमा, बुबासहित छ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ।
हत्या आरोपमा ३५ वर्षीया आमा राजकुमारी यादव, बुबा लालमोहन यादव, मामा रामबाबु मण्डल, मावली हजुरबुवा ५५ वर्षीय सुरयुग मण्डल, हजुरआमा ५४ वर्षीया बतासी मण्डल र माइजू जानकीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो।
जिल्ला न्यायाधीश मनिराम ज्ञवालीको इजलासले उक्त फैसला सुनाएको अदालतले जनाएको छ। घटनाको कारण अझै स्पष्ट भइसकेको छैन। यसअघि नै प्रहरीले यी छ जनालाई पक्राउ गरी हिरासतमा राखेको थियो।
4o

