प्रधानमन्त्री दाहालद्धारा नवनियुक्त मन्त्रीहरुको शपथ



 

काठमाडौँ ।
बुधबार, २३ फागुन २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त मन्त्रीहरुको सपथ खुवाएका छन् । सपथ लिनेहरुमा  मा ओवादीबाट उप्रप्रधान तथा परराष्टमन्त्रीमा नारायणकाजी श्रेष्ठ ,अर्थमन्त्तीमा वर्षमान पुन अनन्त, सञ्चारमन्त्रीमा रेखा शर्मा, उर्जामन्त्रीमा शक्तिबहादुर बस्नेत,पर्यटनमन्त्रीमा हितबहादुर तामाङ त्यस्तै रास्वपाबाट उपप्रधान तथा गृहमन्त्रीमा रवि लाछिमाने,शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ,श्रम मन्त्रीमा डिपि अर्याल,युवा तथा खेलकुद मन्त्रीमा विराजभक्त श्रेष्ठ रहेका छन् । त्यस्तै एमालेबाट उपप्रधान तथा भौतिक पुर्वाधार तथा योजनामन्त्रीमा रघुविर महासेठ,खानेपानी तथा सिचाइ मन्त्रीमा राजेन्द्र राई,कानून तथा संसदीय मन्त्रीमा पदम गिरी,उद्योग मन्त्रीमा दामोदर पाण्डे,कृषी मन्त्रीमा ज्वालाकुमारी शाह,भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा बलराम अधिकारी,महिला तथा बालबालिका मन्त्रीमा भगवती चौधरीलाई र हरि उप्रेतीलाई रक्षा मन्त्रालय दिने गरी कार्य विभाजन भएको छ । त्यस्तै एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा क्रमश संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । जसपाबाट भने मन्त्री हुने विषयमा टुँगो लागेको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्